सागमा आज २० स्वर्णको छिनोफानो हुँदै

काठमाडौँ, १७ मंसिर । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज २० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ । मंगलबार विभिन्न १५ खेलको २० स्वर्णको छिनोफानो हुने भएको हो । एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथोलन, भलिबल र उसुको प्रतिस्पर्धा आज हुँदैछ ।

भलिबलको महिला र पुरुष तर्फको फाइनल आज हुनेछ । पुरुषतर्फको उपाधिका लागि भारत र पाकिस्तान आमने सामने हुँदैछन् भने महिलातर्फ नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन् । एथलेटिक्समा १,५०० मिटर पुरुष र महिला, सटपुट पुरुष र महिलाको खेल संचालन हुनेछ । एथ्लेटिक्समा १०० र ४०० मिटर दौड तथा हर्डल्सका हिट पनि संचालन हुनेछन् ।

कराँतेमा पुरुषको ६० केजी मुनि, ६७ केजी मुनी र ७५ केजी मुनिको प्रतिस्पर्धा हुनेछ भने महिला तर्फ ५५ केजी मुनि, ६१ केजी मुनी र ६८ केजी मुनिमा खेल हुनेछ ।

आज बाट नेपालको पुरुष फुटबल खेल सुरु हुने छ भने क्रिकेट पनि आज अनि सुरु हुनेछ। फुटबलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल दशरथ रंगशालामा दिउँसो एक बजे हुनेछ भने बंगलादेश र माल्दिभ्सबीचको खेल साँझ पाँच बजे हुनेछ । महिला फुटबलमा नेपाल र श्रीलंका तथा भारत र माल्दिभ्स खेल्दैछन् ।

उसुमा महिला र पुरुषको चाङक्वान गरी २ स्वर्णको टुंगो लाग्नेछ । ट्रायाथलनमा मिक्सड रिलेको फाइनल हुनेछ ।

पुरुष क्रिकेटमा आज नेपाल र श्रीलंकाको यू–२३ टिमबीच प्रतिस्पर्धा हुनेछ । पोखरामा हुने महिला क्रिकेटमा भने श्रीलंका र बंगलादेश खेल्नेछन् ।

१७ मंसिर २०७६, मंगलवार ०९:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..