रजनी केसीको प्रतिक्रिया, ‘जनताले धोका दिए’

पोखरा, १६ मंसिर । कास्की क्षेत्र नम्बर २ मा साझा पार्टीबाट उम्मेदवार बनेकी रजनी केसीले आफू हार्नुमा जनताको माया नै दोषी भएको प्रतिक्रियद दिएकी छिन् । जनताले आफूलाई प्रेम दिएको तर बिहे नगरेको उनको प्रतिक्रिया छ ।

केसीले जनताले आफूलाई स्वतन्त्र बनेर माया गरेको तर पुरानै दलको अपहरणमा परेका कारण भोट दिन नसकेको गुनासो गरेकी हुन् ।‘जनताले अत्यन्तै माया देखाए, तर त्यो माया बिहे मण्डप पुगेन, मायामा धोका भयो’ उनले भनिन् ।

कास्की २ मा २१ जनाले मनोनयन दर्ता गराएका थिए । यीमध्ये नेपाली कांग्रेसबाहेक सबै उम्मेद्वारको जमानत जफत भएको छ । निर्वाचन ऐनमा कूल खसेको मतको १० प्रतिशत ल्याउन नसके जमानत जफत हुने उल्लेख छ ।

कास्की २ मा ७१ हजार ८७१ मतदातामध्ये ४५ हजार ५४६ ले मात्र मतदान गरेका थिए । तीमध्ये साझा पार्टीकी उम्मेदवार केसीले ९४२ मत ल्याइन् ।

विजयी नेकपा उम्मेदवार विद्या भट्टराईले २४ हजार ३९४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार खेमराज पौडेलले १५ हजार ९९१ मत ल्याएका छन् ।

१६ मंसिर २०७६, सोमबार १४:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सभामुखको बरीयताबारे बाबुरामको आपत्ति

काठमाडौँ, १४ माघ । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एव पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सभामुखको बरीयतामा..

सभामुख सापकोटाले लिए सपथ

काठमाडौँ, १३ माघ । सभामुखमा निर्वाचित अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।..

सभामुख सापकोटाविरुद्दको रिट न्यायधिश मल्लको इजलासमा

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दायर भएको रिट न्यायधिश सपना..

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..