फिफा बरियतामा नेपाल ३ स्थान तल झर्‍यो

काठमाडौँ, १३ मंसिर । विश्व फुटबल महासंघ (फिफा) को नयाँ बरियतामा नेपाल ३ स्थान तल झरेको छ । फिफाले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल यसअघिको १६७ औं स्थानबाट घटेर १७० औं स्थानमा पुगेको हो ।

दक्षिण एशियामा पनि नेपाल भारत र माल्दिभ्सभन्दा तल छ । माल्दिभ्स १५५ औं र भारत १०८ औँ स्थानमा छ । भारत पनि यसअघिको बरियतामा २ स्थान तल झरेको छ ।

नेपाल बंगलादेश, भुटान, पाकिस्तान र श्रीलंकाभन्दा भने माथि छ । बंगलादेश पनि ३ स्थान तल झर्दै १८७ औं, भुटान १८९ औं, पाकिस्तान २०१ औँ र श्रीलंका २०५ औँ स्थानमा छन् । विश्व बरियतामा बेल्जियम शिर्ष स्थानमा यथावत रहँदा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो र इंग्ल्याण्ड चौथो स्थानमा छन् ।

१३ मंसिर २०७६, शुक्रबार १०:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सभामुख सापकोटाले लिए सपथ

काठमाडौँ, १३ माघ । सभामुखमा निर्वाचित अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय..

सभामुख सापकोटाविरुद्दको रिट न्यायधिश मल्लको इजलासमा

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दायर भएको रिट न्यायधिश सपना..

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..

नेपाल आइपुग्यो कोरोना भाइरस

काठमाडौँ, १० माघ । चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि आइपुगेको पुष्टि भएको छ । चीनबाट..