अर्घाखाँची बस दुर्घटनाः मृतकको संख्या १९ पुग्यो

अर्घाखाँची, १२ मंसिर । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकास्थित नरपानीमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरुको संख्या १९ पुगेको छ । मृतकमध्ये ११ जनाको सनाखत भएको छ । दुर्घटनामा घाइते भएका १० मध्ये ६ को अवस्था गम्भीर छ ।

मृत्यु हुनेमा सन्धिखर्क ७ डिहीडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, २२ वर्षीया माया पुरी, ५४ वर्षीय बलराम भट्टराई, बस धनी शितगंगा नगरपालिका २ झिर्राका ३७ वर्षीय सन्त बहादुर बस्नेत र २७ वर्षीया सीता बस्नेत छन् । कपिलवस्तुको चप्परगाउँ बस्दै आएकी सीता बस्नेत बस धनी सन्तबहादुर बस्नेतकी भाइबुहारी हुन् ।

कपिलवस्तुको बुद्धभूमि बाँसगढीका बस चालक ३६ वर्षीय ओमबहादुर थापा (बसन्त), भूमिकास्थान नगरपालिका ९ ठूलोडेवाका २७ वर्षीय शैलेस थापा, सन्धिखर्क नगरपालिका १० का छबिलाल गैह्रे, गुल्मी घर भएर हाल रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महत छन् । सन्धिखर्क नगरपालिका ७ की अन्दाजी ८ वर्षीया बालिका मनिका खड्का र नाम नखुलेको एक शिशुको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

८ जना मृतकको सनाखत हुन बाँकी छ ।

बुधबार दिउँसो सन्धिखर्कबाट बुटवल हिडेको लु २ ख २१ ४८ नम्बरको बस सडकबाट करिब ४ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

१२ मंसिर २०७६, बिहीबार १०:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सभामुख सापकोटाले लिए सपथ

काठमाडौँ, १३ माघ । सभामुखमा निर्वाचित अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय..

सभामुख सापकोटाविरुद्दको रिट न्यायधिश मल्लको इजलासमा

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दायर भएको रिट न्यायधिश सपना..

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..

नेपाल आइपुग्यो कोरोना भाइरस

काठमाडौँ, १० माघ । चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि आइपुगेको पुष्टि भएको छ । चीनबाट..