पोखरा प्रिमियर लिगः ६ टिमका १८ खेलाडी रिलिज, को को परे ?

काठमाडौँ, ११ मंसिर । पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा सहभागिता जनाउने ६ टिमले आफ्ना १८ खेलाडी रिलिज गरेका छन् । ६ टिमले ३/३ जना खेलाडी रिलिज गरेका हुन् ।

पोखरा पल्टनले दिपेश खत्री, विक्रम भुषाल, दिभ्यांसु मलिक, चितवन राइनोजले शक्ति गौचन, स्वप्निल अधिकारी र आकाश थापा, बुटवल ब्लास्टर्सले सागर पुन, अनिल खरेल, प्रकाश केसीलाई रिलिज गरेको छ । अरु टिमले रिलिज गर्दा धनगढी ब्लुजले भने दिलिप नाथ, सन्तोष भट्ट र योगेन्द्र कार्कीलाई टिमबाट हटाएको छ ।

विराटनगर टाइटन्सले जितेन्द्र सिंह ठकुरी, रविन जोशी, हिमांशु दत्तलाई रिलिज गर्दा काठमाडौं गोल्डेन्सले नरेश बुढाऐर, सुमित झा र सुधिर चौधरीलाई हटाएको छ ।

धनगढीले जनही ५० हजारमा सुमन गौतम र अनिल खरेललाई टिममा अनुबन्ध गरेको छ भने काठमाडौं गोल्डेन्सले सुवास खकुरेल र अमृत भट्टराईलाई ५०/५० हजारमै अनुबन्ध गरेको छ । बुटवल ब्लास्टर्सले सेर मल्ललाई ५० हजार र कमल खत्रीलाई ३० हजारमा भित्र्याउदा पोखरा पल्टनसले आकाश चन्दलाई ५० हजार र कुशल मल्ललाई १ लाख ५० तिरेर अनुबन्ध गरेको छ ।

विराटनगरले दिलिप नाथलाई ७५ र लोकेश बमलाई ५० हजारमा ल्याउदा चितवनले विक्रम सोबलाई १ लाख ३० हजार र विक्रम भुषाललाई ५० हजारमा किनेको छ ।

११ मंसिर २०७६, बुधबार १०:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

संसदीय समितिले माग्यो गिट्टी, ढुंगा र बालुवाको मूल्य

काठमाडौँ, ३ माघ । संसदको अर्थ समितिले नदीजन्य निर्माण सामग्रीको मूल्य खोजेको छ । समितिले सातवटै प्रदेशका २÷२ जिल्लाका जिल्ला..

ज्ञानेन्द्र शाहकी छोरीलाई घर खाली गर्न निर्देशन

काठमाडौँ, ३ माघ । नेपाल ट्रस्टको कार्यालयले पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई ३५ दिन भित्र घर जग्गा..

ओली प्रचण्डबीच ५ दिनपछि कुराकानी

काठमाडौँ, २ माघ । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल..

पौष मसान्तः ७ अर्बको भुक्तानी, ४५ अर्ब राजश्व संकलन

काठमाडौँ, १ माघ । चालु आर्थिक वर्षको अर्धवार्षिक अवधि (पौष मसान्त)सम्ममा सरकाको पुँजीगत खर्च १३.४२ प्रतिशत मात्रै..

सस्तियो सुन, कति छ बजार भाउ ?

निरोज कुमार थापा, काठमाडौँ, २९ पौष । आज मंगलबार सुन चाँदीको भाउमा भारी गिरावट आएको छ । हिजो सोमबार तोलाको ७४ हजार ८..