सागमा पदक विजेता खेलाडीलाई दिईने पुरस्कार बढ्ने

काठमाडौँ, १० मंसिर । सरकारले दक्षिण एसियाली खेलकुद प्रतियोगीता (साग) मा पदक विजेता खेलाडीलाई यसअघिको भन्दा धेरै राशीको पुरस्कार दिने भएको छ । आज काठमाडौंस्थित दशरथ रंगाशालामा सागमा प्रतिस्पर्धा गर्ने खेलाडीलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पुरस्कार राशी बढाईने जानकारी दिएका हुन् ।

मन्त्रिपरिषदबाट पारित नभई यति रकम वृद्धि हुन्छ भनेर यकिन गर्न नसकिएपनि खेलकुद मन्त्रालयले प्रस्ताव गरेमा उल्लेख्य रकम वृद्धि हुने अर्थमन्त्री खतिवडाको भनाई छ । यस अघि सरकारले १२ औं सागमा स्वर्ण विजेतालाई ३ लाख पुरस्कार दिएको थियो । रजत विजेतालाई २ लाख र कास्य पदक विजेतालाई १ लाख दिएको थियो ।

अर्थमन्त्री खतिवडाले नेपालमा आयोजना हुने १३ औं सागलाई सरकारले नेपाल भ्रमण वर्ष २०२० को पूर्व अभ्यासको रुपमा लिएको समेत बताए ।

१० मंसिर २०७६, मंगलवार १७:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

जवान कुटपीटको छानवीन गर्न ‘कोर्ट अफ इन्क्वाइरी’ गठन

काठमाडौँ । नेपाली सेनाका जवानलाई यूएन शान्ति मिसनमा कुटपीट भएको तस्वीर सामाजिक सञ्जालमा भाइरले भएपछि सैनिक जंगी अड्डाले छानवीन..

६५ देशका राष्ट्रगान गाउने नेपाली

कोरोना महाव्याधि नभएको भए यतिबेला गायक रामजी नेपाली देशदेशावर यात्रारत हुनुहुन्थ्यो । चीनको वुहानबाट कोरोना..

कोरोना संक्रमणबाट झण्डै २० लाख मानिसको मृत्यु हुन सक्छ : डब्लुएचओ

जुरिच । विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले कोरोना भाइरसको संक्रमणका कारण झण्डै बीस लाख मानिसको मृत्यु..

लोक सेवा आयोगका स्थगित परीक्षा कात्तिकदेखि सुरू हुने

काठमाडौं । कोरोना संक्रमणका कारण स्थगित भएका परीक्षा लोक सेवा आयोगले आगामी महिनादेखि सुचारु गर्ने भएको छ..

कोरियाले इपिएस नियममा सुधार ल्याउँदै

काठमाडौं । दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका..