३ खेलाडीको कारबाही यथावत, साग खेल्नबाट बञ्चित

काठमाडौँ, ९ मंसिर । कारबाहीमा परेका ३ फुटबलर विमल घर्ती मगर, अन्जन विष्ट र दिनेश राजवंशीले घरेलु मैदानमा हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) खेल्न नपाउने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को विश्वकप छनौटअन्तर्गत कुवेतविरुद्धको खेल अघि कारबाहीमा परेका ३ खेलाडीले दुई दशकपछि घरेलु मैदानमा हुन लागेको साग पनि गुमाउने भएका हुन् ।

नाइट क्लबमा भेटिएपछि एन्फाले उनीहरुलाई कारबाही गरेको थियो ।

साग टिमका प्रशिक्षक वालगोपाल महर्जनले तीन खेलाडीले नखेल्ने पुष्टि गर्दै उनीहरुको स्थानमा राजेश परियार, प्रेजन तामाङ र राजीव लोप्चनलाई समावेश गरिउको जानकारी दिए ।

९ मंसिर २०७६, सोमबार १०:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार उपत्यकाका ३ जिल्ला..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..