परराष्ट्रमन्त्री ज्ञवाली रसिया र सर्बिया जाँदै

काठमाडौँ, ६ मंसिर । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली शनिबार रसिया र सर्बिया भ्रमणमा जाने भएका छन् । ज्ञवाली रसिया हुँदै सर्बिया जाने भएका हुन् । उनले मंसिर ९ गते रसियाका विदेशमन्त्री सेर्गेई लभ्रोभसँग भेटवार्ता गर्ने छन् ।

मंसिर १० मा मस्कोस्थित इन्स्टिच्युट अफ इन्टरनेसनल रिलेसनमा नेपाल–रसिया सम्बन्ध र सहकार्यका विषयमा उनले सम्बोधन गर्ने कार्यक्रम छ । मंसिर ११ गते ज्ञवाली सर्बियाको राजधानी बेलग्रेडतर्फ लाग्नेछन् ।

नेपाल र सर्बियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको छ । उनी मंसिर १४ मा नेपाल फर्कनेछन् ।

६ मंसिर २०७६, शुक्रबार ०९:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

५ लाख पचाउन आर्थिक वर्षको अन्तिममा ३ दिने कार्यक्रम

बारा, २६ असार । असारमा बजेट सक्ने चटारो जताततै देखिएको छ । बाराको महागढीमाई नगरपालिकामा पनि असारे विकास र बजेट खर्च सक्ने..

भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको..

सिन्धुपाल्चोकमा बाढीः २ जनाको मृत्यु, १८ जना बेपत्ता

रासस, सिन्धुपाल्चोक, २५ असार । अविरल वर्षासँगै गएको पहिरोले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई..

पुरुष उत्पीडन:हिंसाको चपेटामा पुरुषपनि(दोश्रो श्रृङ्खला)

पितृसत्तात्मक पुरुष प्रधान समाजमा पुरुष हिंसा पनि हुन सक्छ भन्ने कुरा सोच्नु नै अनौठो लाग्न सक्छ। नेपाल जस्तो..

मन्त्री भट्टराईको प्रश्न, ‘विग्रह ल्याउन खोज्ने भारत ठीक कि मिलाउन खोज्ने चीन ?’

काठमाडौँ, २४ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानमा चिनियाँ राजदूत..