सरकार छाड्दै उपेन्द्र यादव

काठमाडौँ, ६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूखुसी मन्त्रालय हेरफेर गरेको भन्दै उपप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्टि जनाएका छन् । मन्त्रिपरिषद् पुनर्गठन अघि स्वास्थ्य एवम् उपप्रधानमन्त्री रहेका यादवलाई प्रधानमन्त्रीले कानुन मन्त्रालयको जिम्मेवारी दिएपछि उनले असन्तुष्टि जनाएका हुन् ।

नेपालमा मन्त्रिमण्डल पुनर्गठन र हेरफेर हुँदा दिल्लीमा रहेका यादवले सरकार छोड्ने तयारी गरेका हुन् । समाजवादी पार्टीका सुरेन्द्र यादवलाई राज्यमन्त्रीबाट हटाएर प्रधानमन्त्रीले समाजवादीकै मोहम्द इस्तीयाक राईले सम्हालेको सहरी विकास मन्त्रालयमा नेकपाका नेता रामवीर मनान्धरलाई राज्यमन्त्री बनाएका छन् ।

समाजवादी पार्टीका महासचिव रामसहाय यादवले आफ्नो पार्टीलाई सरकारमा बस्न नैतिक संकट आएको बताए छन् । उनले भने, ‘अब सरकार छोड्नुको विकल्प छैन ।’

उपेन्द्र यादव शुक्रवार साँझ दिल्लीबाट काठमाडौं आउनासाथ सनिबारसम्ममा सरकार छाड्ने निर्णय गरिसक्ने बुझिएको छ । यद्यपी समाजवादी पार्टीले भने अध्यक्ष यादव आइनपुग्दै पनि निर्णय लिन सकिने बताएको छ ।

६ मंसिर २०७६, शुक्रबार ०८:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयको यस्तो प्रष्टिकरण

काठडमाडौँ, ३० असार । परराष्ट्र मन्त्रालयले भगवान रामचन्द्रको जन्मस्थल अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको..

कर्णाली प्रदेशका सांसदमा कोरोना पुष्टि

सुर्खेत, ३० असार । कर्णाली प्रदेशका एक सांसदमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सोमबार गरिएको पीसीआर परीक्षणमा..

भगवान राम र अयोध्याबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको भाजपाद्वारा निन्दा

काठमाडौँ, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामचन्द्रको जन्मस्थल अयोध्या नेपालमा पर्ने..

सरकारले गर्‍यो श्रष्टाहरुलाई सम्मान (नामसहित)

काठमाडौँ, २९ असार । सरकार विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन..

थप ३ नीजि प्रयोगशालालाई कोरोनाको पीसीआर परीक्षण गर्ने अनुमति

काठमाडौँ, २९ असार । सरकारले थप तीन निजी प्रयोगशालालाई कोरोना भाइरस (कोभिड–१९) को पिसिआर परीक्षण गर्न अनुमति दिएको..