प्रधानमन्त्रीको प्रश्न, ‘सडकका खाल्डाको सारङ्गी कति सुन्ने ?’

काठमाडौँ, ६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकका खाल्डा पुर्न ४ महिनाको समय दिएका छन् । पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठकपछि मन्त्री र सचिवहरूलाई सँगै राखेर प्रधानमन्त्रीले ‘काठमाडौंका सडकको खाल्डाको गीत कति सुन्ने ?’ भन्दै प्रश्न गरे । ‘जहिले सुन्यो, त्यही सारंगी बज्छ । टेलिभिजन खोल्यो उही सारंगी, रेडियो खोल्यो उही सारंगी, अनलाइन हेर्‍यो उनी सारंगी’ प्रधानमन्त्रीले भने, ‘यो आगामी चौमासिकभित्र काठमाडौंका सबै खाल्डा समाप्त हुनुपर्छ ।’

प्रधाननमन्त्री ओलीले विकास निर्माणको कामले तिव्रता पाउँदा केही समय धुलो उड्नु स्वभाविक भएको पनि बताए । ‘अहिले म आफैं धुलो उड्ने ठाउँमा बसेको छु । ट्याङट्याङ टुङटुङ आउँछ । तर, जहाँ निर्माण कार्य भइरहेको छैन, त्यहाँ धुलो उड्नु भएन’ उनले भने,‘प्रधानमन्त्री बसेको ठाउँ होस् वा अरु कोही बसेको ठाउँ होस् ।’

६ मंसिर २०७६, शुक्रबार ०७:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

विशेष दूत बनाएर माधब नेपाललाई भारत पठाउने कुरा हल्ला मात्रै

काठमाडौँ, २६ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतसँगको सीमा विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले..

नेपाल छिर्‍यो पश्चिमी वायु, भारी हिमपातको सम्भावना

काठमाडौँ, २६ मंसिर । बुधबार साँझ पश्चिमबाट न्युन चापिय प्रणाली नेपाल प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका..

बुधबारबाट मौसम बदली, यस्तो छ ३ दिनको अनुमान

काठमाडौँ, २५ मंसिर । जल तथा मौसम विज्ञान विभागले आजबाट नेपालको मौसम बदली हुने जनाएको छ । विभागका अनुसार हाल..

किन ओरालो लाग्दैछ सुनको भाउ ?

निरोज कुमार थापा, काठमाडौँ, २३ मंसिर । गत बिहिबारदेखी सुन तथा चाँदीको भाउमा ओरालो लाग्ने क्रम सुरु भएको छ । गत..

१७ दिनपछि ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन् । नयाँ मन्त्रीलाई बधाई..