एनसेल काण्डः सर्वोच्चले भन्यो, “२१ अर्ब मात्रै लाभकर तिर्नु”

काठमाडौँ, ५ मंसिर । सर्वोच्च अदालतले एनसेलको सेयर स्वामित्व बिक्रीवापत २१ अर्ब १० करोड रुपैयाँमात्र पूँजीगत लाभकर तिर्नुपर्ने फैसला गरेको छ । फैसला अनुसार एनसेलले पूँजीगत लाभकरवापत अब २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ रुपैयाँ कर तिर्नुपर्नेछ ।

ठूला करदाता कार्यालयले गत वैशाखमा एनसेलले पूँजीगत लाभकरवापत ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ मध्ये २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ तिरेको र ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ बाँकी रहेको भन्दै पत्राचार गरेको थियो । तर ठूला करदाताको उक्त निर्णय विरुद्ध एनसेल सर्वोच्च गएको थियो । सर्वोच्चका न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र ड.। मनोजकुमार शर्माको बृहत इजलासले एनसेलले तिर्नुपर्ने लाभकर २१ अर्ब १० करोडमा सिमित गरिदिएको हो ।

५ मंसिर २०७६, बिहीबार १६:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

एसिड छ्याप्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले एसिड आक्रमण गर्नेलाई कारबाही गर्ने कडा कानुन बनाउन अध्यादेश ल्याउने निर्णय गरेको छ । बिहीबार बसेको..

सातामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा..

बुटवलमा २, चितवन र डडेल्धुरामा १-१ संक्रमितको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट आज बुटवलमा २, चितवन र डडेल्धुरामा एक-एक जनाको मृत्यु भएको छ । बुटवलस्थित कोरोना..

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न..

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा..