मूल्यवृद्धि नियन्त्रण बाहिर, फेरि चुक्यो सरकार

निरोज कुमार थापा, काठमाडौँ, ५ मंसिर । मूल्य वृद्धि चुलिँदै गएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमास सकिँदा मुल्य वृद्धि ६.२१ प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा मुल्यवृद्धि ४.६८ प्रतिशत थियो । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत नै मुल्यवृद्धि ६ प्रतिशत भित्रै राख्ने भनेपनि सरकार लक्ष्यबाट चुक्दै गएको छ ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ६.९५ प्रतिशत रहेमो मुद्रा स्फिती भदौमा ६.१६ प्रतिशतमा झरेको थियो । तर असोजमा फेरि बढेर ६.२१ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । साउन मसान्त सम्ममा भारतको मुल्यवृद्धि ३.२८ प्रतिशत मात्रै थियो । तर असोजमा आइपुग्दा ४.६२ प्रतिशत पुगेको छ । भारतमा भएको मुल्य वृद्धिको असरका कारण नेपालमा थप महँगी बढ्न सक्ने अनुमान पनि गरिएको छ ।

केन्द्रीय बैंकका कार्यकारी निर्देशक डा. गुणकर भट्टका अनुसार सबैभन्दा धेरै मुल्यवृद्धि खाद्य तथा पेय पदार्थमा रहेको छ । गैर–खाद्य तथा सेवा समूहको मुद्रा स्फीति ५.५५ प्रतिशत छ ।

तरकारी, मासु तथा माछा, फलफूल र मसलाको मूल्यवृद्धि उच्च रहेको छ । घरायसी उपयोगिताका वस्तु तथा सेवा, लुगा तथा जुत्ताको मूल्यवद्धि पनि उच्च रहेको राष्ट्र बैंकले जनाएको छ ।

क्षेत्रगत आधारमा काठमाडौँ उपत्यकामा ८.१४ प्रतिशत, तराईमा ५.७५ प्रतिशत, पहाडमा ४.८९ प्रतिशत र हिमालमा ५.११ प्रतिशत मुद्रा स्फीति रहेको छ ।

५ मंसिर २०७६, बिहीबार १६:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सभामुखको उम्मेद्वारमा असन्तुष्टि जनाउँदै राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा

काठमाडौँ, १० माघ । अग्नि सापकोटालाई नेकपाले सभामुखको उम्मेद्वार बनाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकारले..

पर्यटन बोर्डको सिइओ र एनएसीको अध्यक्ष तत्काल नियुक्त गर्न मन्त्री भट्टराईको ध्यानाकर्षण

निरोज कुमार थापा, काठमाडौँ, १० माघ । निजी क्षेत्रका व्यवसायीक संघ संगठनहरुले संस्कृति, पर्यटन तथा नागरिक..

प्रदेश सांसद दिपक मनाङे पक्राउ

पोखरा, ९ माघ । गण्डकी प्रदेशसभाका सांसद राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । कास्की प्रहरीले मनाङेलाई..

उखु किसानको बक्यौता नतिर्ने चिनी मिलको बैंक खाता रोक्का

काठमाडौँ, ९ माघ । उखु किसानको बक्यौता नतिर्ने चिनी मिलहरुको बैंक खाता रोक्का भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति..

उपसभामुखको दौडमा काँग्रेस र राजपा, कसको सम्भावना बलियो ?

निरोज कुमार थापा, काठमाडौँ, ८ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अग्नि सापकोटा सभामुखका एक्ला..