गोकर्ण विष्ट पदमुक्त भएको खुशीयालीमा म्यानपावर व्यवसायीको पार्टी

निरोज कुमार थापा, काठमाडौँ, ५ मंसिर । श्रम तथा रोजगारमन्त्रीबाट गोकर्ण विष्ट बर्खास्त भएपछि म्यानपावर व्यवसायीले खुशी मनाएका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै मन्त्री विष्ट बर्खास्तीमा परेका हुन् । उनी मन्त्रीबाट हटेको जानकारी पाउनासाथ वैदेशिक रोजगारीमा नेपाली कामदार पठाउँदै आएका म्यानपावर व्यवसायी खुशी भएका हुन् ।

विष्ट मन्त्रिपरिषद्बाट बर्खास्तीमा परेको खबर आउनासाथ व्यवसायीले रातभर जसो खुशीयाली र पार्टी मनाएका छन् । डेढ वर्ष मलेशिया रोजगारी बन्द गरेर व्यवसाय र वैदेशिक रोजगारीमा जान चाहानेलाई मर्कामा पार्ने मन्त्री हटेको भन्दै राजधानीका विभिन्न स्थानमा बुधबार बेलुका खुशीयालीसहित कक्टेल पार्टीको आयोजना भएको छ । लामो समय मलेशिया रोजगारी बन्द गराएको र केही महिना अघि खुलाउँदा पनि पहिलेभन्दा बढी शुल्क तिर्नुपर्ने गरि खुलाएको भन्दै व्यवसायी रुष्ट छन् । धरौटी बढाएर सरकारले फ्रि भिषा र फ्रि टिकटको नारा लगाएको भन्दै व्यवसायीले आपत्ति जनाउँदै थिए ।

पुनर्गठित मन्त्रिमण्डलमा श्रम तथा रोजगारमन्त्रीको जिम्मेवारी रामेश्वर राय यादवले पाएका छन् ।

५ मंसिर २०७६, बिहीबार ११:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बुधबारबाट मौसम बदली, यस्तो छ ३ दिनको अनुमान

काठमाडौँ, २५ मंसिर । जल तथा मौसम विज्ञान विभागले आजबाट नेपालको मौसम बदली हुने जनाएको छ । विभागका अनुसार हाल पूर्वी इरान र..

किन ओरालो लाग्दैछ सुनको भाउ ?

निरोज कुमार थापा, काठमाडौँ, २३ मंसिर । गत बिहिबारदेखी सुन तथा चाँदीको भाउमा ओरालो लाग्ने क्रम सुरु भएको छ । गत..

१७ दिनपछि ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन् । नयाँ मन्त्रीलाई बधाई..

प्रधानमन्त्रीलाई मुख्य सचिवको निवासमा सारियो

निरोज कुमार थापा, काठमाडौँ, २२ मंसिर । १० दिन लामो अस्पताल बसाईँबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई..

ठूला करदाता कार्यालयले एनसेललाई तोक्यो २२ अर्ब ४४ करोड कर

काठमाडौँ, २२ मंसिर । ठूला करदाता कार्यालयले एनसेललाई २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ ।..