ओलीको कमालः महिला मन्त्रालयको जिम्मेवारी पुरुष सांसदलाई !

काठमाडौँ, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्दै दोलखाका सांसद पार्वत गुरुङलाई महिला मन्त्रालयको जिम्मेवारी दिएका छन् । पुनर्गठित मन्त्रिमण्डलको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा गुरुङलाई नियुक्त गर्दै प्रधानमन्त्रीले थममाया थापालाई बर्खास्त गरेका हुन् । महिला मन्त्रालयमा पुरुष सांसदलाई मन्त्री बनाईएपछि बजारमा सर्वत्र चर्चा सुरु भएको छ ।

गुरुङ देशभरबाट सबैभन्दा धेरै मत ल्याएर विजयी भएका सांसद हुन् । उनीमाथि ज्यान मार्ने उद्योगको आरोप लागेपछि कात्तिक ३ गते आइतबार काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेको थियो । २०७४ सालको स्थानीय तह निर्वाचनपछि राजधानीको गौशालामा एकजनामाथि गम्भीर घाइते हुने गरी भएको आक्रमणको घटनामा गुरुङको संलग्नता देखिएको भन्दै प्रहरीले उनी विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको थियो ।

५ मंसिर २०७६, बिहीबार ०९:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सरकारले गर्‍यो श्रष्टाहरुलाई सम्मान (नामसहित)

काठमाडौँ, २९ असार । सरकार विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना..

थप ३ नीजि प्रयोगशालालाई कोरोनाको पीसीआर परीक्षण गर्ने अनुमति

काठमाडौँ, २९ असार । सरकारले थप तीन निजी प्रयोगशालालाई कोरोना भाइरस (कोभिड–१९) को पिसिआर परीक्षण गर्न अनुमति दिएको..

सम्झना भानुको:२०७ औ भानुजयन्ती

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७औँ जन्मजयन्ती कोरोनाका महामारीबिच आज देश तथा विदेशका विभिन्न..

पहिरोमा पुरिएर तनहुँमा २ जनाको मृत्यु, ५ वेपत्ता

तनहुँ, २९ असार । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको..

आइतबार विदेशबाट ८८४ नेपालीको उद्दार

काठमाडौँ, २८ असार । आइतबार विदेशबाट ८८४ नेपालीको उद्दार गरिएको छ । ३ वटा विमान कम्पनीका ६ उडानमार्फत ८८४ जना..