मतदातालाई कम्बल बाँडेकोमा काँग्रेसको आपत्ति

कास्की, ४ मंसिर । नेपाली काँग्रेस कास्कीले कास्की क्षेत्र नं २ अन्तर्गत पोखरा महानगरपालिका–१५, पट्नेरीका स्थानीयवासीलाई निर्वाचनको मुखमा कम्बल वितरण गरेको भन्दै आपत्ति जनाएको छ । काँग्रेस कास्कीले विज्ञप्ति जारी गर्दै वडाध्यक्ष प्रकाश पौडेलले १२ जनालाई कम्बल वितरण गरेको भन्दै उक्त कार्य निर्वाचन आचारसंहिता, ०७२ को दफा ३ को उपदफा १ (ख) विरुद्ध हुने जनाएको छ ।

“निर्वाचनको मुखमा मतदातालाई प्रभावित पार्ने मनसायले गरिएको यस प्रकारको कार्यको घोर निन्दा र भत्र्सना गर्दै यस्ता कार्य तत्काल बन्द गर्न सम्बन्धित निकायलाई सचेत गराउँछौँ,” विज्ञप्तिमा भनिएको छ । यसैबीच निर्वाचन आचारसंहिता विपरीत वडा कार्यालयले कम्बल वितरण गरेको भन्दै नेपाली काँग्रेस कास्कीले निर्वाचन आयोगमा उजुरी दिएको छ ।

४ मंसिर २०७६, बुधबार १०:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश दिएको छ। सर्वोच्चले..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..