उर्जा सम्मेलनको तयारी पूरा, २५ हजार मेगावाट बिजुली निकाल्न लगानी भित्रिने

काठमाडौँ, ३ मंसिर । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान)ले उर्जा सम्मलेनको तयारी पुरा भएको जानकारी दिएको छ । इपानका अनुसार सम्मलेनमा दर्जन बढी देशहरुबाट ७ सय भन्दा बढी सहभागी हुनेछन् ।

सहभागी मध्ये सबैभन्दा धेरै भारतबाट सय जना र बंगलादेशबाट ५० जना आउने भएका छन् । भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँका जलशक्ति मन्त्रीले गर्ने र बंगालदेशको प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँ शक्ति, उर्जा तथा खनिज संशाधन राज्यमन्त्रीले गर्ने छन् ।

आगामी मंगसिर ५ र ६ गते हुने सम्मलेन अवधिभर १० सत्रमा ७० जना वक्ताहरुले आफ्नो प्रस्तुति दिने आयोजक संस्थाले जानकारी दिएको छ । सम्मलेनमा ८ वटा द्विपक्षीय तथा त्रिपक्षीय सम्झौता हुने छन् ।

सम्मेलनकै दौरानमा नेपाल पावर कमिशन र भारतको इनर्जी पावर एक्चेन्जबीच पनि सम्झौता हुनेछ ।

सम्मेलन अवधिमा नेपालका उर्जामन्त्री, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक, लगानी बोर्डका पदाधिकारीहरुले विभिन्न वान टु वान वार्ता गर्नेछन् । सम्मलेनले २५ हजार मेगावाट भन्दा बढी जलविद्युत आयोजनाको लगानीको लागि ढोका खुल्ने इपानले दाबी गरेको छ ।

३ मंसिर २०७६, मंगलवार १२:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सभामुखको बरीयताबारे बाबुरामको आपत्ति

काठमाडौँ, १४ माघ । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एव पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सभामुखको बरीयतामा..

सभामुख सापकोटाले लिए सपथ

काठमाडौँ, १३ माघ । सभामुखमा निर्वाचित अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।..

सभामुख सापकोटाविरुद्दको रिट न्यायधिश मल्लको इजलासमा

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दायर भएको रिट न्यायधिश सपना..

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..