पूर्व कप्तान पारससहित ७ नेपाली खेलाडी पिपिएलको ड्राफ्टमा

काठमाडौँ, २ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कासहित ७ नेपाली खेलाडी टी–ट्वान्टी पाकिस्तान सुपर लिगको अक्सन ड्राफ्टमा परेका छन् । पिपिएलले सोमबार सार्वजनिक गरेको ड्राफ्टमा पूर्व कप्तान पारससहित आरिफ शेख, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, रोहित पौडेल, सोमपाल कामी र शरद भेषवाकर परेका छन् ।

पीएसएलको ड्राफ्टमा सबै खेलाडी सिल्भर श्रेणीमा परेका हुन् । सिल्भरमा परेका खेलाडीको न्युनतम मुल्य १५ हजार अमेरिकी डलर देखि अधिकतम ३५ हजार डलरसम्म हुन्छ ।

यसअघि नै नेपालका अर्का युवा लेग स्पिनर सन्दीप लामिछाने ड्राफ्टको ‘प्लाटिनम’ श्रेणीमा परेका थिए । प्लाटिनम श्रेणीको न्युनतम मुल्य १ लाख ४७ हजार अमेरिकी डलर देखि अधिकतम २ लाख १८ हजार डलरसम्म हुन्छ । ड्राफ्टमा डिसेम्बरको पहिलो साता हुने पाकिस्तानी क्रिकेट बोर्डले जनाएको छ ।

२ मंसिर २०७६, सोमबार १७:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..

मेलम्चीमा पहिरोः ८ जना बेपत्ता

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएराति खसेको पहिरोले पुरिएर ८ जना बेपत्ता भएका छन् । बजारको..

जनै पूर्णिमा (ऋषि तर्पणी) आज देशभर रक्षाबन्धन धारण गरेर मनाइँदै

काठमाडौँ, १९ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व..