अध्यादेशमार्फत् मुलुक चलाउन खोज्नु निरङ्कुशताको पराकाष्ठा हो — खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, पोलिटब्युरो सदस्य, नेकपा-माओवादी

० पार्टी गठनसागै तपाईं देशदौडाहामा निस्कनुभयो, कार्यकर्ताको भावना कस्तो पाउनुभयो ?

शान्तिप्रक्रियामा प्रवेश गरेसागै एमाओवादीमा वैचारिक एवं राजनीतिक विचलनता देखापर्यो । संगठनको आधिकारिक निर्णयको उल्लंघन गर्ने अराजक क्रियाकलाप बढ्दै जांदा त्यसको खिलाफमा नेतृत्व तहका केही नेताहरूले वैचारिक राजनीतिकरूपमा संघर्ष सुरु गर्नुभयो । पार्टीमा देखापरेको राजनीतिक विचलनताबाट तल्लो तहका नेता तथा कार्यकर्ताहरू आक्रान्त भएका थिए । पार्टी नेतृत्वलाई सच्याउन हामीले नेतृत्व तहमा चार वर्षसम्म लगातार संघर्ष गर्यौं र पनि नेतृत्व नसच्चिएपछि आमकार्यकर्तामा निराशा थियो । त्यसलाई हामीले राष्ट्रिय भेला बोलाएर पार्टीमा देखिएको खराबीहरूलाई निर्ममतापूर्वक अन्त्य गरिसकेपछि आम कार्यकर्ताहरूमा, क्रान्तिकारीहरूमा हौसला पैदा भएको छ । अब नेपालमा जनवादी क्रान्ति नेकपा(माओवादीले गर्ने भयो भन्नेमा आमकार्यकर्ता विश्वस्त देखिएका छन् । इमानदार कार्यकर्ताहरूमा एकखाले क्रान्तिकारी उभार आएको छ । कार्यकर्तामा आमविश्वास बढेको छ, जसले गर्दा एउटा गतिसमेत पैदा गरेको छ । बाबुराम(प्रचण्डहरूले लिएको नवसंशोधनवादी धार विरुद्धको लडाइा हामीले जितेका छौं भन्ने कुराले आमकार्यकर्तामा सञ्चार भएको छ । नयां जनवादी क्रान्ति सम्पन्न गर्न नेकपा(माओवादीले नयां ढोका खोलिदिएको छ भन्ने विश्वास मैले भेटघाटको क्रममा कार्यकर्तामाझ पाएको छु ।
० एकीकृत माओवादीको भर्खरै सम्पन्न विस्तारित बैठकमा जुन परिदृश्य देखियो, यस विषयमा के भन्नुहुन्छ ?
हामीले राष्ट्रिय भेला आयोजना गरिसकेपछि त्यसको विरुद्ध त्यो विस्तारित बैठक बोलाइएको हो । एमाओवादीको विस्तारित बैठक विचारविहीन, योजनाविहीन लठैतहरूको भीडमा रूपान्तरित हुन पुग्यो । हाम्रोविरुद्ध बबन्डर गर्नको लागि प्रचण्डले विस्तारित बैठक आहृवान गरेका थिए । भेला उल्टो प्रचण्डकै विरुद्धमा कुरुक्षेत्र बन्न पुग्यो । प्रचण्डले कुर्सीको प्रहार खेप्नुपर्यो । यो घटनालाई प्रचण्डको राजनीतिक जीवनकै उत्कर्षको रूपमा प्रचण्डले लिएको होलान् । अन्तरसंघर्षको क्रममा हामीले प्रचण्डको विरुद्ध अराजनीतिक कुरासमेत गरेनौं । तर, हामीले पार्टीबाट विद्रोह गरेको एकाध महिना पुग्दा(नपुग्दै अराजनीतिक मान्छेहरूको भीडले कस्तो उदण्डता मच्चाउादोरहेछन् भन्ने प्रमाणित भएको छ । त्यस कुरुक्षेत्रको लडाइाबाट उम्कन नसकेपछि प्रचण्ड तथानाम बकबास गरेर उम्कन पुगे । प्रचण्डको त्यो प्रयास पनि इमानदार नेता, कार्यकर्तालाई बकबास गरेर मुर्गा बनाउने प्रयास मात्र हो । प्रचण्डले विस्तारित बैठकको अन्तिममा जे(जे बकबास गरे त्यो साच्याउन उनी तयार भएको भए पार्टी विभाजनतर्फ जांदैनथ्यो । इमानदार कार्यकर्तालाई ठग्ने कामबाहेक अरु केही विस्तारित बैठकमा हुन सकेन । इमानदार कार्यकर्तालाई हामी के अपिल गर्न चाहन्छौं भने अब प्रचण्ड(बाबुरामको गिरोहमा बसेर नेपालमा क्रान्ति सम्पन्न हुने कुनै सम्भावना छैन । हामी क्रान्तिकारीहरू एकजुट हुादै क्रान्ति सम्पन्न गर्ने बेला आएको छ ।
० एमाओवादीले नेताहरूको आर्थिक अवस्था एवं सम्पत्ति छानबिन गर्ने भनेर आयोग गठन गरेको छ, के आयोगले सांच्चिकै नतिजा बाहिर ल्याउन सक्ला त ?
आयोग गठन कार्यकर्तालाई मूर्ख बनाउने षड्यन्त्रबाहेक अरु केही होइन । यसलाई अन्य रूपमा नबुझ्दा नै उचित हुन्छ । यो एउटा नाटकको शृंखला मात्र हो ।
० प्रधानमन्त्री अध्यादेशमार्फत् मुलुक सञ्चालन गर्न लागिरहेका छन् नि रु
अध्यादेशमार्फत् मुलुक चलाउनु खोज्नु निरङ्कुशताको पराकाष्ठा हो । प्रजातान्त्रिक मूल्य, मान्यता सबै सिध्याएर अध्यादेशमार्फत् देश चलाउने जुन प्रयास भइरहेको छ, त्यो सायद नेपालको इतिहासमा निरङ्कुशताको पराकाष्ठा हो । नेपाली जनताले यसलाई प्रतिकार गर्नुपर्दछ ।
० यस्तो अवस्थामा राष्ट्रपतिको भूमिका कस्तो हुनुपर्ला ?
राष्ट्रपतिले आफ्नो ठाउामा रहेर पहल लिनैपर्छ । अहिले उहांले जुन प्रयास गरिरहनु भएको छ, त्यो सकारात्मक नै छ । राष्ट्रपतिको पलकद्मले उहांको राष्ट्र, जनताप्रतिको चिन्ता प्रस्ट हुन्छ । अहिले मुलुकमा देखापरेको राजनीतिक एवं संवैधानिक संकटको निकास गोलमेच सम्मेलनबाट मात्र सम्भव छ । राजनीतिक पार्टीले ठाउा दिएपछि राष्ट्रपतिले एउटा संवैधानिक निकास दिन सक्नुहुन्छ ।
० तपाईंहरूले उठाउनुभएको गोलमेच सभाको माग त अन्य दलहरूले बेवास्ता गरिरहेका छन्, यस विषयमा के भइरहेको छ ?
हामीले प्रस्ताव गरेको गोलमेच सभामा अहिलेको राजनीतिक संकट, संविधानसभा, संवैधानिक संकटको मुद्दालाई बहस गरिनुपर्छ । हामीले अघि सारेको नीति सही छ भन्ने कुरा प्रमाणित हुादै गएको छ । राजनीतिक संकटको बेला धेरै कुरा कानुनी प्रक्रिया मात्र गर्यो भने त्यो यान्त्रिक हुन्छ र त्यसले समस्याको निकास होइन, झनै बल्झाउने काम गर्छ । हामीले नयाा पार्टी गठन गरेसागै देशी, विदेशी प्रतिक्रियावादीहरू, अवसरवादीहरू आतंकित भएका छन् । राष्ट्रिय छलफलमा त्यस्ता शक्तिहरू सकभर हामीलाई छलफलमा नबोलाउन लागिपरेका छन् । त्यसमा राष्ट्रपति सचेत रहन जरुरी छ । अहिलेको राजनीतिक संकटको निकास सर्वपक्षीय गोलमेच सभाको आयोजना नै हो । यसको कुनै विकल्प छैन । अहिले घोषणा गरेको चुनावले हावा खाइसक्यो । त्यससागै संविधानसभा पुनस्र्थापनाको कुरा पनि उठिरहेको छ, त्यो पनि सम्भव छैन । पछिल्लो समय उठेको आमनिर्वाचनको कुरा झनै षड्यन्त्रपूर्वक रूपमा आइरहेको छ । दस वर्षे जनयुद्ध र उन्नाइसदिने जनआन्दोलनमा जनताले गरेको कुर्बानी र प्राप्त उपलब्धिलाई अपमान गर्ने गरी षड्यन्त्रमूलकरूपमा आमचुनावको कुरा बाहिर आइरहेको छ । जनताको संविधान नबनाउने र राजनीतिक उपलब्धिलाई स्थापित हुन नदिने षड्यन्त्रको रूपमा समेत यो निर्वाचनको कुरा आएको छ । यसप्रति नेपाली जनता सचेत रहनुपर्छ । यसखाले षड्यन्त्रको विरुद्ध आवश्यक पर्दा नेपाली जनता लड्न तयार हुनुपर्छ ।
० जनयुद्धका क्रममा सहिद, बेपत्ता, घाइते योद्धाहरूको सम्बोधन हुन सकेन, उनीहरू सधौ पीडित रहने भए नि होइन ?
सहिद, बेपत्ता परिवार र घाइते अपाङ्ग साथीहरू पछिल्लो समय बनेको सरकार अर्थात् अन्तरिम सरकारको पहिलो प्राथमिकतामा पर्नुपर्ने थियो । प्रचण्ड(बाबुरामको सहिद, बेपत्ता परिवार, घाइते, अपाङ्गप्रतिको नकारात्मक दृष्टिकोण एवं गैरजिम्मेवारको कारण सहिद परिवारले पूर्णराहत पाउन सकेनन्, बेपत्ताहरूको खोजी हुन सकेन र घाइते एवं अपाङ्गहरूले राहत र व्यवस्थित हुन पाएनन् । यो सबैको दोष प्रचण्ड(बाबुरामलाई नै जान्छ ।
० यी तमाम विषयहरूलाई सम्बोधन गर्न पार्टीको याजना के छ रु
सहिदलाई राष्ट्रियरूपमा सम्मान दिंदै सहिद परिवारलाई अहिले तत्कालको लागि दस लाख उपलब्ध गराइनुपर्छ । बेपत्ताहरूको अवस्था तुरुन्त सार्वजनिक गरिनुपर्दछ । बेपत्ता पार्नेहरूलाई कडाभन्दा कडा कारवाही गरिनुपर्छ । बेपत्ताका परिवारलाई तत्काल राहतको व्यवस्था गरिनुपर्छ । घाइते, अपाङ्ग साथीहरूको उपचारको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्छ । यो विषयलाई अहिले हामीले राजनीतिक मुद्दाको रूपमा उठाइरहेका छौं । सरकारको अवस्था नयाा बन्यो भने त्यहांबाट सम्बोधन गर्नेतर्फ हाम्रो जोड रहन्छ । त्यसो हुन सकेन भने हामी यो मुद्दालाई आन्दोलनको रूपमा उठाउाछौं ।
० भनेपछि तपाईंहरू अहिले आन्दोलनको तयारीमा हनुहुन्छ रु
हामी मुलुकका सम्पूर्ण समस्याको समाधान राजनीतिक छलफलबाट निस्कियोस् भन्ने चाहन्छौं । निकास अग्रगामी हुनुपर्छ । जनताले जनसंविधान पाउनुपर्यो । अहिलेको सरकारको विघटन हुनुपर्यो र यसको ठाउामा अन्तरिम राष्ट्रिय संयुक्त सरकार गठन हुनुपर्छ भन्ने हाम्रो भनाइरहेको छ । यसबीचमा भएका राष्ट्रघाती मुद्दालाई राष्ट्रिय सरकारले खारेज गर्नुपर्छ । देशलाई निकास होइन, प्रतिगमनतर्फ लगियो भने हामी जनताको मुद्दालाई लिएर आन्दोलन गर्छौं ।
० यसो भनिरहादा कतै तपाईंहरूले पनि सरकार नै ताकेको त होइन ?
अहिले हाम्रो मुद्दा भनेको जनताको संविधान निर्माण मुद्दा प्रमुख हो । जनताको संविधान निर्माणको मुद्दा प्रमुख हुादा त्यसको राजनीतिक तहबाट त हामीले पहल लिउाला तर सरकारबाट कसले पहल लिने ? अहिलेको मुलुकको राजनीतिक संकटको निकासको निम्ति राज्यबाट हुने पहल पनि धेरै महत्वपूर्ण छ । अहिलेको सरकार न राष्ट्रियताप्रति न जनताप्रति न राष्ट्रको मुद्दाप्रति जिम्मेवार छ, यो संकट निम्त्याउनमा यो सरकार नै जिम्मेवार छ । यो सरकार रहेसम्म राज्यबाट जनसंविधानको लागि पहल हुन सक्दैन । निकासको लागि अहिलेको सरकार बाधक छ । यो सरकारको विघटन गरेर अन्तरिम संयुक्त सरकार नबनाई राज्यबाट हुने पहल राष्ट्र र जनताको पक्षमा हुादैन भन्ने हाम्रो धारणा हो । जनसंविधान निर्माण र त्यसको राज्यस्तरबाट पहल गर्नको लागि नेकपा(माओवादी पार्टीको नेतृत्वको सरकार जरुरी छ । राष्ट्रिय मुद्दालाई केन्द्रभागमा राख्ने सरकार आजको अनिवार्य आवश्यकता हो । यसलाई अवसरवादीले तोडमोड गर्न खोजिरहेका छन् ।
० अन्त्यमा थप केही भन्न चाहनुहुन्छ ?
मुलुक यतिबेला निकै जटिल अवस्थामा छ । त्यसको निकासको लागि हामी पहलकद्मी लिन्छौं । यो संक्रमणकालीन अवस्थामा निराश नभई नयाा ढङ्गले पहलद्मी लिएर आफूअनुसारको निकासको सुनिश्चित गर्नको लागि म आमजनसमुदायलाई अपिल गर्दछु । साभार ः क्षेप्यास्त्र साप्ताहिक

२९ श्रावण २०६९, सोमबार १४:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिका राष्ट्रपति चुनाव : अग्रिम मतदान गर्ने संख्या बढ्दो

न्यूयोर्क । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ ।..

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..