बर्खास्तीमा परेका खेलाडीमाथि थप अनुसन्धान हुने

काठमाडौँ, २ मंसिर । राष्ट्रिय फुटबल टिमबाट बर्खास्तीमा परेका चार फुटबलरमाथि थप अनुसन्धान हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार फरवार्ड विमल घर्तीमगर, मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई राष्ट्रिय टिमबाट हटाएको थियो ।

अनुशासन पालना नगरि ‘नाइट क्लब’मा गएको भन्दै एन्फाले राष्ट्रिय टिमबाट हटाएको थियो । एन्फाका प्रवक्ता किरण राईका अनुसार हाल राष्ट्रिय टिमबाट मात्र हटाईएको र थप अनुसन्धान भईरहेकाले थप कारबाही पनि हुन सक्नेछ ।

मंसिर ३ गते हुने कुवेतविरुद्धको खेलका लागि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा भुटान गएको र स्वदेश फर्किएपछि एन्फा बैठक बस्ने छ । बैठकमा बर्खास्तीमा परेका खेलाडीबारे छलफल हुनेछ ।

२ मंसिर २०७६, सोमबार १२:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार उपत्यकाका ३ जिल्ला..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..