३ महिनामै लक्ष्यबाट ‘ब्याक’ भए अर्थमन्त्री

निरोज कुमार थापा, काठमाडौँ, २८ कार्तिक । उच्च आर्थिक वृद्धिको लक्ष्यसहित चालु आर्थिक वर्षको बजेट ल्याएका अर्थमन्त्री डा. युवराज खतिवडा ३ महिनामै लक्ष्यबाट ब्याक भएका छन् । गत आर्थिक वर्षमा ३ पटक बजेट संशोधन गरेका अर्थमन्त्रीले चालु वर्षमा पनि बजेट संशोधनको गर्नुपर्ने स्थितीमा अवस्थामा पुग्न लागेका हुन् ।

८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएका अर्थमन्त्रीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ७.१ प्रतिशतको मात्रै आर्थिक वृद्धि हुने प्ररम्भीक विवरण सार्वजनिक गरेका छन् । प्रथम त्रैमास सकिँदा कुल बजेट खर्च ११.६१ प्रतिशत हुँदा पूँजीगत खर्च ४.४१ प्रतिशत मात्रै छ ।

प्रथम त्रैमासमा २ खर्ब ५२ अर्ब राजश्व संकलनको लक्ष्य लिएको सरकाले १ खर्ब ९७ अर्ब मात्रै राजश्व संकलन गरेको छ । लक्ष्य अनुसारको राजश्व संकलनमा असफल भएपछी आर्थिक प्रथम त्रैमास सकिएको केही दिनमा नै अर्थमन्त्री खतिवडाले पुनः आर्थिक ऐन संशोधन गर्दै कर बढाएका छन ।

यस्तै प्रथम त्रैमासमा १२ अर्ब ३४ करोड ५६ लाख अनुदान र ३ अर्ब ३३ करो बाह्य ऋण गरी १५ अर्ब ६७ करोड ५६ लाख वैदेशीक सहायत प्रतिवद्धता प्राप्त भएको मन्त्रालयले जनाएको छ । १ खर्ब ९५ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको सरकारले हालसम्म एक रुपैयाँ पनि आन्तरिक ऋण लिएको छैन ।

२८ कार्तिक २०७६, बिहीबार १४:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बुधबारबाट मौसम बदली, यस्तो छ ३ दिनको अनुमान

काठमाडौँ, २५ मंसिर । जल तथा मौसम विज्ञान विभागले आजबाट नेपालको मौसम बदली हुने जनाएको छ । विभागका अनुसार हाल पूर्वी इरान र..

किन ओरालो लाग्दैछ सुनको भाउ ?

निरोज कुमार थापा, काठमाडौँ, २३ मंसिर । गत बिहिबारदेखी सुन तथा चाँदीको भाउमा ओरालो लाग्ने क्रम सुरु भएको छ । गत..

१७ दिनपछि ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन् । नयाँ मन्त्रीलाई बधाई..

प्रधानमन्त्रीलाई मुख्य सचिवको निवासमा सारियो

निरोज कुमार थापा, काठमाडौँ, २२ मंसिर । १० दिन लामो अस्पताल बसाईँबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई..

ठूला करदाता कार्यालयले एनसेललाई तोक्यो २२ अर्ब ४४ करोड कर

काठमाडौँ, २२ मंसिर । ठूला करदाता कार्यालयले एनसेललाई २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ ।..