करोडौँ राजश्व छलीको आरोपमा ५ जनाविरुद्द मुद्दा दर्ता

काठमाडौँ, २८ कार्तिक । मूल्य अभिवृद्धि करसम्बन्धी झुठो बीजकको प्रयोग गरी ९ करोड ३९ लाख बराबरको राजश्व छली गरेको आरोपमा ५ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।राजस्व अनुसन्धान विभागले कारोवारको सिलसिलामा झुठो बीजक तयार गरी कर छलेको भन्दै उनीहरुविरुद्ध बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

कर छली गरेको आरोपमा काभ्रेपलाञ्चोक घर भई काठमाडौँ महानगरपालिका ३२ बस्ने एसपी इन्टरप्राइजेज र हिमाल कन्सट्रक्सनका प्रोपाइटर शिवप्रसाद गौतमले तीन करोड ८१ लाख र रामेछाप घर भई काठमाडौँमा हार्डवेयर सञ्चालन गर्दै आएका देवबहादुर खत्रीले झण्डै तीन करोड बिगो बराबरको राजस्व छलेको भन्दै उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

काभ्रेपलाञ्चको पाँचखाल– ७ घर भई काठमाडौँ महानगरपालिका ३२ बस्ने वाटरमार्क इन्टरप्राइजेजका प्रोप्राइटर शिवराम न्यौपानेले एक करोड ५९ लाख, काठमाडौँ महानगरपालिका– ११ बस्ने हिमालयन इन्टरप्राइजेजका प्रोपाइटर लक्ष्मण चौलागाईंले ६९ लाख ३९ हजार र भक्तपुर बस्ने न्यू युनिभर्सल इन्टरप्राइजेका सञ्चालक सुदर्शन चौलागाईंले ३० लाख ३२ हजार बिगो बराबरको कर छली गरेको आरोपमा विभागले उनीहरुविरुद्ध पनि आजै मुद्दा दर्ता गरेको छ ।

२८ कार्तिक २०७६, बिहीबार १२:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

धनुषामा बम विष्फोट, ३ जनाको मृत्यु

जनकपुर, २८ मंसिर । धनुषामा गएराति भएका बम विस्फोटमा प्रहरी अधिकृत र एकै परिवारका बाबु–छोराको मृत्यु भएको छ । चार जना गम्भीर घाइते..

भारतीय सेना फीर्ता र नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन

काठमाडौँ, २७ मंसिर । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर अविलम्ब..

भिम रावलको आक्रोश, ‘नयाँ नक्सा बनाउन कसले रोक्यो ?’

काठमाडौँ, २७ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले नेपाली भूमी समेटेर नयाँ नक्सा..

चिसोले देशभरको जनजीवन प्रभावित, यस्तो छ ३ दिनको मौसमी पूर्वानुमान

काठमाडौँ, २७ मंसिर । बुधबार बेलुकाबाट नेपाल प्रवेश गरेको पश्चिमी निम्न चापीय प्रणालीका कारण देशभरको मौसम बदली..

विशेष दूत बनाएर माधब नेपाललाई भारत पठाउने कुरा हल्ला मात्रै

काठमाडौँ, २६ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतसँगको सीमा विवाद मिलाउन..