मन्त्रिमण्डल पुनर्गठनः वामदेव र नारायणकाजी बरिष्ठ उपप्रधानन्त्रीको लाइनमा

निरोज कुमार थापा, काठमाडौँ, २८ कार्तिक । सत्तारुढ नेकपाका नेता वामदेव गौतमले मन्त्रिपरिषद पुनर्गठनबारे गरेको टिप्पणीले राजनीतिमा तरंग पैदा गरेको छ । नेकपाका प्रस्तावित उपाध्यक्ष तथा सचिवालय सदस्यसमेत रहेका नेता गौतमले प्रधानमन्त्री बाहेक अरु सबै मन्त्री फेरिने खुलासा गरेका छन् ।

एक टेलिभिजन कार्यक्रममा उनले मन्त्रिपरिषद पुनर्गठन भनेकै सबै मन्त्रीहरुलाई हटाएर नयाँ बनाउने भन्ने अर्थमा बुझ्न आग्रह गरेका हुन् । नेता गौतमले भने, ‘मैले प्रधानमन्त्रीलाई सोधेको थिएँ, के मन्त्रिपरिषद पुनर्गठन गर्न लाग्नुभएको हो ? उहाँले अब गर्ने बेला आएको बताउनुभयो, उहाँले पूर्नगठन गर्नुहुन्छ ।’ पुनर्गठन भनेकै मन्त्रीको राजीनामा नमागिने तर अहिले रहेका प्रधानमन्त्री बाहेक सबै मन्त्री नरहने र नयाँ मन्त्रीहरु नियुक्ति हुने नेता गौतमको भनाइ छ ।

बंगलादेशका राष्ट्रपतिको स्वदेश फिर्तीलगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी छ । नेकपाका उपाध्यक्ष वामदेव गौतम वा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपप्रधानमन्त्री बनाइने विषयमा आन्तरिक छलफल हुन सुरु भएको छ । गौतम र श्रेष्ठलाई राष्ट्रिय सभामा ल्याएर उपप्रधानमन्त्री बनाइने र कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने विषयमा समेत छलफल चलेको नेकपाका नेताहरू बताउँछन् ।

२८ कार्तिक २०७६, बिहीबार १२:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सरकारले गर्‍यो श्रष्टाहरुलाई सम्मान (नामसहित)

काठमाडौँ, २९ असार । सरकार विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना..

थप ३ नीजि प्रयोगशालालाई कोरोनाको पीसीआर परीक्षण गर्ने अनुमति

काठमाडौँ, २९ असार । सरकारले थप तीन निजी प्रयोगशालालाई कोरोना भाइरस (कोभिड–१९) को पिसिआर परीक्षण गर्न अनुमति दिएको..

सम्झना भानुको:२०७ औ भानुजयन्ती

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७औँ जन्मजयन्ती कोरोनाका महामारीबिच आज देश तथा विदेशका विभिन्न..

पहिरोमा पुरिएर तनहुँमा २ जनाको मृत्यु, ५ वेपत्ता

तनहुँ, २९ असार । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको..

आइतबार विदेशबाट ८८४ नेपालीको उद्दार

काठमाडौँ, २८ असार । आइतबार विदेशबाट ८८४ नेपालीको उद्दार गरिएको छ । ३ वटा विमान कम्पनीका ६ उडानमार्फत ८८४ जना..