सीके राउतको पार्टी पनि उपनिर्वाचनमा होमियो

महोत्तरी, २७ कार्तिक । गत फागुन २४ गते विखण्डनको बाटो परित्याग गरी मूलधारको राजनीति गर्ने सहमति गरेका डा. सीके राउत नेतृत्वको ‘जनमत पार्टी’ले पनि उपनिर्वाचनमा भाग लिएको छ । राउत नेतृत्वको पार्टीले महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्षमा उमेदवारी दर्ता गरेको छ ।

जनमत पार्टीले मङ्सिर १४ गतेको उपनिर्वाचनका लागि पिपरा गाउँपालिकाको अध्यक्षमा अञ्जलीदेवी मण्डल र सर्लाहीको हरिपुर्वा नगरपालिका–१ मा दिनेश राय यादवलाई उम्मेद्वार बनाएको छ । डा. राउतले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो पार्टीले उपनिर्वाचनमा भाग लिएको जानकारी गराएका छन् ।

गत फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरेर विखण्डनको बाटो परित्याग गर्दै डा. राउत मूलधारको राजनीतिमा आएका थिए ।

२७ कार्तिक २०७६, बुधबार १४:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कहिले चल्छन् लामो दूरीका सवारी साधन ?

काठमाडौँ, ३१ असार । सरकारले जिल्लाभित्र चल्ने सवारी साधन चलाउने निर्णय गरेपनि लामो दूरीका सवारीबारे भने निर्णय भएको छैन । तर लामो..

अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयको यस्तो प्रष्टिकरण

काठडमाडौँ, ३० असार । परराष्ट्र मन्त्रालयले भगवान रामचन्द्रको जन्मस्थल अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा..

कर्णाली प्रदेशका सांसदमा कोरोना पुष्टि

सुर्खेत, ३० असार । कर्णाली प्रदेशका एक सांसदमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सोमबार गरिएको पीसीआर परीक्षणमा..

भगवान राम र अयोध्याबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको भाजपाद्वारा निन्दा

काठमाडौँ, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामचन्द्रको जन्मस्थल अयोध्या नेपालमा पर्ने..

सरकारले गर्‍यो श्रष्टाहरुलाई सम्मान (नामसहित)

काठमाडौँ, २९ असार । सरकार विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन..