मुख्यमन्त्री राउत अमेरिका जाँदै

जनकपुर, २७ कार्तिक । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत बुधबार अमेरिका जाने भएका छन् । लामो प्रयासपछि कूटनीतिक राहदानी पाएका मुख्यमन्त्री राउत अमेरिका जान लागेका हुन् । बुधबार मुख्यमन्त्री राउतसँगै प्रदेश २ का मुख्य न्यायाधीवक्ता दीपेन्द्र झा पनि अमेरिका जाने छन् ।

बुधबार अपरान्ह ३ बजे उनी त्यसतर्फ प्रस्थान गर्दैछन् ।

मुख्यमन्त्री राउतले एसोसिएट अफ नेपाली तराइयन इन अमेरिका(एन्टा)को साधारणसभामा भाग लिने छन् । एन्टा अमेरिकामा बस्ने मधेशी मूलका नागरिकहरूको संस्था हो । एन्टाको कार्यक्रम सकेर मुख्यमन्त्री राउत मंसिर ४ गते स्वदेश फर्कने छन् ।

गत वर्ष ‘जनरल कन्भेन्सन अफ मधेसी एसोसियसन इन अमेरिका’ कार्यक्रममा भाग लिन जान उनलाई केन्द्र सरकारले रोकेको थियो ।

२७ कार्तिक २०७६, बुधबार १२:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कहिले चल्छन् लामो दूरीका सवारी साधन ?

काठमाडौँ, ३१ असार । सरकारले जिल्लाभित्र चल्ने सवारी साधन चलाउने निर्णय गरेपनि लामो दूरीका सवारीबारे भने निर्णय भएको छैन । तर लामो..

अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयको यस्तो प्रष्टिकरण

काठडमाडौँ, ३० असार । परराष्ट्र मन्त्रालयले भगवान रामचन्द्रको जन्मस्थल अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा..

कर्णाली प्रदेशका सांसदमा कोरोना पुष्टि

सुर्खेत, ३० असार । कर्णाली प्रदेशका एक सांसदमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सोमबार गरिएको पीसीआर परीक्षणमा..

भगवान राम र अयोध्याबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको भाजपाद्वारा निन्दा

काठमाडौँ, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामचन्द्रको जन्मस्थल अयोध्या नेपालमा पर्ने..

सरकारले गर्‍यो श्रष्टाहरुलाई सम्मान (नामसहित)

काठमाडौँ, २९ असार । सरकार विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन..