नारायणीमा चल्ने पानी जहाज तयार, ओली, प्रचण्ड र देउवाले उद्घाटन गर्ने

चितवन, २७ कार्तिक । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसीप (मिनी पानीजहाज)को परीक्षण यात्रा यही महिनामा गरिने भएको छ । नोभेम्बर भित्र व्यावसायिक रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ ।

भरतपुर महानगरपालिका–१६ को ज्ञानेश्वर सामुदायिक वनसँगै नारायणी नदी छेउमा क्रुज निर्माण कार्य भइरहेको छ । क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रा.लि.का प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार क्रुजको बाहिरी भागमा सिसा राख्न बाँकी छ । इञ्जिन जडान भइसकेको छ । भित्री भागमा कुर्सी, टेबल, भान्छा, बार बन्ने क्रममा रहेको छ ।

शौचालयलगायतका अन्य निर्माणका काम पनि सम्पन्न भएको छ । विदेशी प्राविधिक टोली आउँदै गरेको भन्दै उनले यही महिनाको अन्त्यसम्ममा परीक्षणयात्रा गरी नोभेम्बरभित्र व्यावसायिक रुपमा सञ्चालन गर्ने तयारी गरेको बताए । क्रुजको उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री द्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवालाई निमन्त्रणा गरिने पनि उनले बताए ।

प्रबन्ध निर्देशक कँडेलका अनुसार क्रुजको भुइँतलामा ९०, पहिलो तलामा १०० जना बस्न मिल्ने सिट रहनेछन् । पहिलो तलाको अगाडिपट्टि र दोस्रो तलाको खुला ठाउँमा १५ जना उभिन मिल्नेछ भने पहिलो तलामा १० विशिष्ट व्यक्तिका लागि कुर्सी राखिनेछ । क्रुज १०० फिट लम्बाइ र २५ फिट चौडाइको हुनेछ ।
क्रुजको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानीका साथ क्रुज निर्माण र पूर्वतयारी गरिरहेको कँडेलले बताए । क्रुजको गति प्रतिघण्टा ३५ किलोमिटर हुनेछ ।

क्रुज निर्माण गत वर्षको चैतबाट थालिएको हो । यो निर्माणका लागि १५ फिट गहिरो पोखरी निर्माण गरिएको छ । क्रुजको अघिल्लो भागमा एकसिङ्गे गैँडाको टाउकोको आकृति हुनेछ । क्रुज निर्माणका लागि १५ करोड हाराहारी खर्च हुने जनाइएको छ ।

२७ कार्तिक २०७६, बुधबार ११:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कहिले चल्छन् लामो दूरीका सवारी साधन ?

काठमाडौँ, ३१ असार । सरकारले जिल्लाभित्र चल्ने सवारी साधन चलाउने निर्णय गरेपनि लामो दूरीका सवारीबारे भने निर्णय भएको छैन । तर लामो..

अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयको यस्तो प्रष्टिकरण

काठडमाडौँ, ३० असार । परराष्ट्र मन्त्रालयले भगवान रामचन्द्रको जन्मस्थल अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा..

कर्णाली प्रदेशका सांसदमा कोरोना पुष्टि

सुर्खेत, ३० असार । कर्णाली प्रदेशका एक सांसदमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सोमबार गरिएको पीसीआर परीक्षणमा..

भगवान राम र अयोध्याबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको भाजपाद्वारा निन्दा

काठमाडौँ, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामचन्द्रको जन्मस्थल अयोध्या नेपालमा पर्ने..

सरकारले गर्‍यो श्रष्टाहरुलाई सम्मान (नामसहित)

काठमाडौँ, २९ असार । सरकार विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन..