‘बालोन डि ओर’ अवार्डका लागि भोट गर्ने समय सकियो

एजेन्सी, २७ कार्तिक । सन् २०१९ का लागि विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड ‘बालोन डि ओर’को लागि भोट गर्ने समय सकिएको छ । अवार्ड वितरक ‘फ्रान्स फुटबल’को कार्यतालिका अनुसार भोटिङ अवधिका लागि छुट्याएको ३ हप्ताको समय नोभेम्बर ११ को मध्यरातिबाट सकिएको हो ।

भोटिङ फर्म्याट अनुसार कूल १८० भोट खसेको छ ।

यस वर्ष अवार्ड घोषणा डिसेम्बर २ मा फ्रान्समा हुँदैछ । अवार्डका लागि इंग्लिस क्लब लिभरपुलका भर्जिल भान डाइकलाई प्रमुख दाबेदार मानिएको छ । स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनाका लियोनल मेस्सी र इटालियन क्लब युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पनि अवार्डको दाबेदार हुन् । रोनाल्डो र मेस्सीले यसअघि सो अवार्ड समान ५–५ पटक जितिसकेका छन् ।

२७ कार्तिक २०७६, बुधबार १०:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको सत्तारुढ दल नेपाल..

सिन्धुपाल्चोकमा बाढीः २ जनाको मृत्यु, १८ जना बेपत्ता

रासस, सिन्धुपाल्चोक, २५ असार । अविरल वर्षासँगै गएको पहिरोले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई..

पुरुष उत्पीडन:हिंसाको चपेटामा पुरुषपनि(दोश्रो श्रृङ्खला)

पितृसत्तात्मक पुरुष प्रधान समाजमा पुरुष हिंसा पनि हुन सक्छ भन्ने कुरा सोच्नु नै अनौठो लाग्न सक्छ। नेपाल जस्तो..

मन्त्री भट्टराईको प्रश्न, ‘विग्रह ल्याउन खोज्ने भारत ठीक कि मिलाउन खोज्ने चीन ?’

काठमाडौँ, २४ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानमा चिनियाँ राजदूत..

उपत्यकाका ३ जिल्लामा २६७ जना कोरोना संक्रमित

काठमाडौँ, २३ असार । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका..