कम्प्युटर एशोसिएशन नेपालको अध्यक्षमा कुँवरको उम्मेदवारी

काठमाडौँ, २७ कार्तिक । सूचना प्रविधि व्यवसायी नवराज कुँवरले कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । वर्तमान क्यानको वरिष्ठ उपाध्यक्ष रहेका उनले संस्थाको २६ वर्षे इतिहासमा उपत्यका बाहिरबाट पहिलोपटक नेतृत्वमा दाबेदारी प्रस्तुत गरेका हुन् ।

मुलुकमा सूचनाप्रविधिको विकासलाई नयाँ चरणमा प्रवेश गराउने सोचका साथ आफूले अध्यक्षमा दावेदारी पेश गरेको कुँवरको भनाई छ । सूचना प्रविधि सम्बन्धि सामान एवं सेवा आयात र निर्यात मा देखिएको समस्या तथा ब्रोडव्याण्ड कनेक्टिभिटि सञ्चालनमा रहेको अव्यवहारिक कर नितिलाई सरकारसँग छलफल गरि समाधान गर्न पहल गर्ने उनको भनाई छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सूचना प्रविधि (आईटी) र पर्यटन प्रविधि (टीटी)लाई सम्बोधन गर्ने गरी पोखरामा अन्तराष्ट्रिय स्तरको सम्मेलन आयोजना गर्ने योजना पनि उनले अघि सारेका छन् ।

२०५२ देखि क्यानको सदस्य रहेका कुँवरले २०५७ सालमा लुम्बिनी अञ्चलका सूचना प्रविधि व्यवसायीलाई संगठित गरी आफ्नो अध्यक्षतामा क्यान लुम्बिनी संस्था गठन गरी क्यानको पहिलो शाखाको रुपमा सदस्यता दिलाएका थिए । विगत डेढ दशकदेखि क्यानको केन्द्रीय समितिमा रहेको, समितिका सबैभन्दा पूरानो र हाल बरिष्ठ उपाध्यक्ष भएकोले पनि आफ्नो उम्मेदबारी स्वाभाविक रहेको कुँवरले बताएका छन् ।

सातै प्रदेशमा विस्तार भएको महासंघले हालसम्म ५७ जिल्लामा उपस्थिति जनाइसकेको छ भने करीब ५ हजार सदस्यहरु यसमा आवद्ध छन् ।

कुँवर समूहबाट को को उम्मेद्वार ?

कुँवर समुहबाट संस्थागत साधारण समुहबाट राजन कर्मचार्य, अमित सराफ, राजेश अग्रवाल, शंकर श्रेष्ठ, शर्मिला भुजेल, निरञ्जन पटेल, सुरेन्द्र न्यौपाने उम्मेद्वार छन् । त्यस्तै संस्थागत आजिवन समुहबाट डा. पवन कुमार शर्मा, नविन जोशी, राजेन्द्र अर्याल, व्यक्तिगत आजिवन समुहबाट प्रा. डा. शुवर्ण शाक्य, विक्रम श्रेष्ठ, दामोदर अधिकारी उम्मेद्वार छन् । व्यक्तिगत साधारण समुहबाट खुसल रेग्मी, रत्नतारा बैद्य, सुवास खड्का, धनश्याम खनाल, श्रवण श्रेष्ठ, श्री पौडेल, दिनेश राज कार्की उम्मेद्वार रहँदा वस्तुगत सदस्य समुहबाट नारायण बहादुर थापा, भोजराज भट्ट, चिरञ्जिवी अधिकारी, प्रताप सापकोटा चुनावी मैदानमा छन् ।

कुँवरको समूहमा लेखा समितिमा लक्ष्मण यादव (संस्थागत सदस्य समूह), हृदयमान श्रेष्ठ (व्यक्तिगत सदस्य), भिमसेन गिरी (जिल्ला शाखा) जिल्ला शाखा समुहबाट प्रदेश नं २ः दिपेन्द्रराज सिंह र भुपालदास श्रेष्ठ, प्रदेश नं ३ः शेखरनाथ दुलाल र भानु शर्मा, गण्डकी प्रदेशः अशोकबाबु राना प्रदेश नं ५ ः रेशम गिरी र ध्रुवराज शर्मा (सुदिप), कर्णाली प्रदेश ः दलबहादुर खड्का र भिम मल्ल, सुदुर पश्चिम प्रदेशः हर्क सेठ्ठी र खेमराज ढुंगाना उम्मेद्वार छन् ।

क्यान महासंघको १३औं कार्य समितिको निर्वाचन आगामी मंसिर ७ गते हुँदैछ ।

२७ कार्तिक २०७६, बुधबार १०:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मूल्य वृद्धि रोक्ने राष्ट्र बैंकको लक्ष्य ‘फेल’

निरोज कुमार थापा, काठमाडौँ, ६ माघ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक तथा वित्तीय अवस्थाको..

२०७७ सालमा दशैँ कार्तिकमा, तिहार मंसिरमा

निरोज कुमार थापा, काठमाडौँ, ५ माघ । नयाँ वर्ष २०७७ सालमा दशैँ र तिहार पछि धकेलिएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक..

ऋण तिर्न नसकेपछि सन्तानसहित त्रिशुलीमा हाम फाल्यो विनयको परिवार

काठमाडौँ, ५ माघ । साहुको दबाब र चक्रवृत्ति ब्याज तिर्न नसकेपछि एक दम्पति सन्तानसहित त्रिशुलीमा हाम फालेका छन् ।..

संसदीय समितिले माग्यो गिट्टी, ढुंगा र बालुवाको मूल्य

काठमाडौँ, ३ माघ । संसदको अर्थ समितिले नदीजन्य निर्माण सामग्रीको मूल्य खोजेको छ । समितिले सातवटै प्रदेशका २÷२..

ज्ञानेन्द्र शाहकी छोरीलाई घर खाली गर्न निर्देशन

काठमाडौँ, ३ माघ । नेपाल ट्रस्टको कार्यालयले पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई ३५ दिन भित्र घर जग्गा..