प्रचण्डका घरवेटीको फोटो पोल पोलमा टाँसियो, लेखियो यस्ता नारा

भक्तपुर, २७ कार्तिक । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरवेटी एवम् निर्माण व्यवसायी विरुद्द भक्तपुरका नागरिकले अचम्मको आन्दोलन गरेका छन् । काम जिम्मा लिने तर समयमै नसक्ने भन्दै उनी विरुद्द भक्तपुरमा वासिन्दाले विरोध गरेका छन् । प्रचण्डका घरबेटी समेत रहेका सैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारीले सडकको ठेक्का समयमा पुरा नगरेपछि स्थानीयले उनको फोटो सडकका भित्ता, विजुलीका पोल लगायतमा टाँसेर सार्वजनिक बेइजत गरिदिएका छन् ।

स्थानीयले अधिकारीको फोटो छापेर पोलमा, सडकमा, सार्वजनिक तथा निजि गाडीमा टासेका छन् । फोटोमा ‘सडकको ठेकेदार, कालोपत्रे छिटो ग़र’, ‘शारदा अधिकारी, नगरकोट बाटोको ठेकेदार’ लगायतका नारा लेखिएका छन् । केहि ब्यानरमा बाँदर र कुकुरको फोटो पनि प्रयोग गरिएको छन् ।

भक्तपुरको कमलविनायकदेखि नगरकोटको भट्टेडाँडासम्मको सडक कालोपत्रेको ठेक्का अधिकारीले पाएका थिए । १५.६६० किलोमिटरको सडक स्तरोन्नतिका लागि उनीसँग २०७१ असार २ गते सम्झौता भएको थियो । ३१ करोड ५२ लाख ९२ हजार २ सय २० रुपैयाँमा भएको सम्झौता अनुसार यो सडक २०७३ असार ४ गते सम्ममा निर्माण सम्पन्न गरी बुझाउनुपर्ने थियो । तर कम्पनीले पटकपटक म्याद थप गर्दै आएको छ ।

उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा परिचित नगरकोट सडक नबनेपछि पर्यटक र स्थानीयले दैनिक सास्ती खेपिरहेका छन्।

२७ कार्तिक २०७६, बुधबार ०९:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ललितपुरको बंगलामुखी..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..