प्रधानमन्त्री ओली मन्त्रिपरिषद पुनर्गठनको तयारीमा

काठमाडौँ, २६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली अर्को साता मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारीमा जुटेका छन् । स्रोतका अनुसार ८ जना मन्त्री हटाइने छ भने वरिष्ठ नेता माधव नेपाल पक्षका केही प्रभावशाली नेताहरु सरकारमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार यसपटकको पुनर्गठनमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, देवेन्द्र पौडेल र जनार्दन शर्मा मन्त्री बन्नेछन् ।

सभामुखमा सुबास नेम्वाङ्गलाई बाटो सहज बनाउन उपसभामुख शिवमाया तुम्बाहम्फेलाई पनि मन्त्री बनाउने जानकारी प्रधानमन्त्रीले पार्टी नेताहरुलाई गराएका छन् ।

यी बाहेक संभावित नामहरुमा भीम रावल, छविलाल विश्वकर्मा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, कृष्णगोपाल श्रेष्ठ र पार्वत गुरुङ रहेका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दा कृषिमन्त्री चक्रपाणि खनाल, महिला वालवालिका तथा समाज कल्याण मन्त्री थममाया थापा, युवा खेलकुद मन्त्री जगत विश्वकर्मा, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र उद्योगमन्त्री मात्रिका यादवलाई विदा दिने संकेत गरेका छन् ।

२७ कार्तिक २०७६, बुधबार ०२:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बुधबारबाट मौसम बदली, यस्तो छ ३ दिनको अनुमान

काठमाडौँ, २५ मंसिर । जल तथा मौसम विज्ञान विभागले आजबाट नेपालको मौसम बदली हुने जनाएको छ । विभागका अनुसार हाल पूर्वी इरान र..

किन ओरालो लाग्दैछ सुनको भाउ ?

निरोज कुमार थापा, काठमाडौँ, २३ मंसिर । गत बिहिबारदेखी सुन तथा चाँदीको भाउमा ओरालो लाग्ने क्रम सुरु भएको छ । गत..

१७ दिनपछि ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन् । नयाँ मन्त्रीलाई बधाई..

प्रधानमन्त्रीलाई मुख्य सचिवको निवासमा सारियो

निरोज कुमार थापा, काठमाडौँ, २२ मंसिर । १० दिन लामो अस्पताल बसाईँबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई..

ठूला करदाता कार्यालयले एनसेललाई तोक्यो २२ अर्ब ४४ करोड कर

काठमाडौँ, २२ मंसिर । ठूला करदाता कार्यालयले एनसेललाई २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ ।..