पर्यटकका लागि कर्णाली राजमार्गमा अर्ग्यानिक घरवास

दैलेख, २६ कात्तिक । देश–विदेशका पर्यटकको रारामा आकर्षण बढेका बेला कर्णाली राजमार्गको दैलेख खण्डमा उचित खानपीनको व्यवस्थापनमा चुनौती कायमै रहेको छ । पर्यटकको बढ्दो चापलाई मध्यनजर गर्दै कर्णाली राजमार्गमा अर्ग्यानिक घरवास (होमस्टे) सञ्चालन गरिएको छ ।

कर्णाली राजमार्गअन्तर्गत सुवाछेडामा घरवास शुरु गरिएको हो । दुल्लु नगरपालिका–२ सुवाछेडामा सञ्चालन गरिएको ‘अग्र्यानिक कृषि होमस्टे’ को दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले सोमबार उद्घाटन गर्नुभएको थियो । पछिल्ला दिनमा रारा आवतजावत गर्ने पर्यटकको वृद्धि भएसँगै सुविधाका लागि स्थानीयस्तरबाटै घरवास सञ्चालन गरिएको नगरप्रमुख भण्डारीले बताउनुभयो ।

घरवासका लागि अहिले १० घरका स्थानीयवासीको सहमति भएको छ । स्थानीयस्तरमा उत्पादन भएको गिठ्ठा, दूध, दही, माछा, लोकल कुखुरा, खसीको मासु, तरुल, ढिँडो, रोटी, फलफूललगायतका परिकार मात्र बिक्री वितरण गर्ने घरवास सञ्चालक समितिका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिनुभयो । घरवास सञ्चालनका लागि नगरपालिकाले रु पाँच लाख रकम सहयोग गरेको छ भने घरेलु तथा साना उद्योग समितिले तालीम प्रदान गरेपछि कृषकलाई सहज भएको छ ।

२७ कार्तिक २०७६, बुधबार ०२:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सभामुखको बरीयताबारे बाबुरामको आपत्ति

काठमाडौँ, १४ माघ । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एव पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सभामुखको बरीयतामा..

सभामुख सापकोटाले लिए सपथ

काठमाडौँ, १३ माघ । सभामुखमा निर्वाचित अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।..

सभामुख सापकोटाविरुद्दको रिट न्यायधिश मल्लको इजलासमा

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दायर भएको रिट न्यायधिश सपना..

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..