पोर्चुगलमा नेपाल भ्रमण वर्ष अभियान

लिस्बन, २५ कात्तिक । पोर्चुगलको राजधानी लिस्बनमा नेपाल भ्रमण वर्ष–२०२० को प्रवद्र्धन गर्ने कार्य भइरहेको छ । नेपाली महिला समाज पोर्चुगलको अगुवाइमा राजधानी लिस्बनको मुटु मानिएको आरोइस जुन्ता फमेसियाले इन्तिदेन्तको लिडिल हलमा विभिन्न देशका बहुसांस्कृतिक प्रदर्शनीमा नेपाली संस्कृति र नेपाल भ्रमण वर्षको प्रचारप्रसार र प्रदर्शनी गरिएको छ ।

प्रदर्शनीमा नेपाली बालबच्चाहरु नेपालको संस्कृति र पर्यटन झल्कने नृत्य प्रस्तुत गरेका थिए भने नेपाली महिलाले आ–आफ्नो वेशभूषामा मादल बजाएर लोकसंस्कृति झल्काउने खालको प्रस्तुति गरेका थिए । “नेपाली महिलाहरुका तर्फबाट हामी स्थानीय पोर्चुगिस समुदायसँग घुलमिल हुँदै हाम्रो देशको संस्कृति चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने प्रयास गरिरहेका छौँ”, महिला समाज पोर्चुगलकी अध्यक्ष निर्मला ढकाल खरालले भन्नुभयो ।

बहुसंस्कृतिको प्रवद्र्धन गर्ने र एकापसमा अनुभव र संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले प्रचारात्मक कार्यक्रमहरु आयोजना गरिएको बताइएको छ । पोर्चुगललगायत २६ देशका नागरिकले सहभागिता जनाएको कार्यक्रममा आ–आफ्नो देशको कला, संस्कृति, वेशभुषा, रहनसहनका बारेमा प्रचारप्रसार गरिएको थियो ।

२७ कार्तिक २०७६, बुधबार ०१:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

८ एसपी र २१ डिएसपीको सरुवा (सूचीसहित)

काठमाडौँ, २१ मंसिर । नेपाल प्रहरीले ८ एसपी र २१ डिएसपीको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले उनीहरुको काज सरुवा गरेको हो..

उपप्रधानमन्त्री पोखरेलले भने, ‘सीमा समस्या विरासतकै रुपमा आएको छ’

काठमाडौँ, २० मंसिर । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले मूलुकको सीमा समस्या विरासतकै रुपमा आएको बताएका..

अमेरिकाले भन्यो, ‘हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक बन्दिनोस्’

काठमाडौँ, १९ मंसिर । नेपाल भ्रमणमा रहेका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी..

हाइब्रिड गाडीको भन्सार छुट खारेज

निरोज कुमार थापा, काठमाडौँ, १९ मंसिर । सरकारले हाइब्रिड गाडीको आयातमा दिईदै आएको भन्सार छुट खारेज गरेको छ । अर्थ..

प्रधानमन्त्रीको दूत बनेर भारत जान पाएनन् माधव नेपाल

निरोज कुमार थापा, काठमाडौँ, १८ मंसिर । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको भारत भ्रमण रोकिएको छ । भारतले..