बङ्गलादेशका राष्ट्रपति हमिद नेपालमा

काठमाडौँ, २६ कार्तिक । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिने भ्रमणमा आज नेपाल आएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा राष्ट्रपति हमिद नेपालको चार दिने औपचारिक सद्भावना भ्रमणमा आएका हुन् ।

राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छिन । भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा भोलि अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले समकक्षी बङ्गलादेशी राष्ट्रपतिको सम्मानमा भोलि साँझ राजकीय भोज आयोजना गर्ने छिन् ।

बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्ला बेग्लै शिष्टाचार भेट गर्नेछिन् । नेपाल भ्रमणका क्रममा बङ्गलादेशका राष्ट्रपति हमिदले भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौँको चन्द्रगिरी पनि भ्रमण गर्ने कार्यक्रम छ ।

२६ कार्तिक २०७६, मंगलवार १३:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

पहिरोमा पुरिएर तनहुँमा २ जनाको मृत्यु, ५ वेपत्ता

तनहुँ, २९ असार । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ ।..

आइतबार विदेशबाट ८८४ नेपालीको उद्दार

काठमाडौँ, २८ असार । आइतबार विदेशबाट ८८४ नेपालीको उद्दार गरिएको छ । ३ वटा विमान कम्पनीका ६ उडानमार्फत ८८४ जना..

वर्षाले तराईको जनजीवन प्रभावितः सर्लाही र सप्तरीमा डेढ सय परिवार विस्थापित

सर्लाही, २८ असार । वर्षाका कारण आएको बाढीले सर्लाहीको मलंगवा नगरपालिकाका २७ घर डुबानमा परेको छ । पाँच घर भत्केर..

विदेशबाट हुँदै आएको उद्दार उडान २ दिनलाई स्थगित

काठमाडौँ, २८ असार । कोरोनाका कारण विभिन्न देशमा अलपत्र नेपालीको उद्दार गर्न हुँदै आएको चार्टड उडान सोमबार र..

म्याग्दीको पहिरोमा पुरिएर मर्नेको संख्या २७ पुग्यो

म्याग्दी, २७ असार । म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरामा पुरिएर मृत्यु..