प्रचलीत धर्म र कानुनका हकमा

हाम्रो धर्म र कानू मेरो बुझाई, मलाई सदैव मनमा खड्की रहने प्रश्नहरु मध्येको हो धर्म र कानुनमा के भिन्नता छ यहि प्रश्नको जवाफ पाउनको लागि मैले पटक–पटक अध्ययनको क्रममा गुरुहरुलाई दुःख नदिएको पनि हैन ।
तर मनमा जब कुनै कुराप्रति भोक जाग्छ नी, त्यो विषयलाई आफुले सकेसम्म खोजेर जानकरी हासिल नगरेसम्म चित्तनबुझ्ने । मैले पनि मेरा प्रश्नको चित्तबुझ्दो जवाफ खोज्ने क्रममा धेरै तिर भौतारिए । जवाफ तबमात्रै पाएँ जब मैले नै यस विषयमा थप मेहनत गरेर धेरै कुरा खोजें, अध्ययन गरे । सामान्यतया भन्दा मैले मेरो अध्ययनको दायरा फराकिलो बनाएँ । धर्मको परिभाषा दिने कैयौं धर्माधिकारीहरु हामीमाभ अझैपनि छन् । थोरै व्याख्याले मात्रै धर्म शास्त्रको परिभाषा पुर्ण हुँदैन र नहुने पनि रहेछ । किनकी त्यत्रा त्यत्रा धर्म ग्रन्थमा त मेरो प्रश्नको जवाफ अटाएको छैन् । त्यही भएर त होला नी धर्मग्रन्थका ठेली बनेका ।
धर्मशास्त्र अनुसार धर्मग्रन्थ नै कानुन हो भगवानको !

भगवानले जसरी निष्पक्ष रुपमा न्याय दिनै सक्दैन । भगवान भन्दा ठुलो न्यायकर्ता नत कोही छ नत कोही हुन नै सक्छ ।
भगवानका बचन कहिल्यै पनि परिवर्तन हुँदैनन् । त्यसको उदाहरण रामायण, पुराण, भागवत लगायतका अन्य ग्रन्थहरु हुन् । धर्मकै नामामा भएपनि छोराछोरीले बाबु आमा पालेका छन् । श्रीमान–श्रीमती मिलेर बसेका छन् । महिला पतिर्बता, पुरुष पत्निर्बता बनेर बसेका छन् । समाज कहिँन कँही तहस नहसहुनबाट जोगिएको छ । समाजमा अनुसशासन कायम गर्ने कडिको रुपमा रहेको छ । समाजलाई विभाजनको शिकारबाट रोकेको छ । सामाजिक अनुशासन कायम गरेको छ । मानिसलाई सामाजिक हुन योगदान दिएको छ । समाजमा मानवताको विकास गरेको छ । भाइचारा बढाएको छ । भगवानद्धारा निर्मित कानुन पुर्ण छ । जहाँ, पाप, धर्म, दण्ड सबै छ । हामिले सर्बप्रथमत धर्म नै बुझेका छैनौँ । हामीलाई लाग्ने गर्छ की, धर्म भन्नासाथ धेरै अगरबत्ति बालेको, हातमा फुलपातीको दृश्य मानस्पटलमा गुन्जायस हुन्छ । अझ त्यसमा फुल, पाती, अक्षता, धुप, नैबेध्ये, यस्तै यस्तै । अनि त्यसको लागि कुनै मठ मन्दिर, चैत्य, गुम्बा, मस्जिद यस्तै यस्तै । तर वास्तवमा धर्म भनेको के हो भनेर भित्र नियाल्ने हो भने त यो केवल देखावटी मात्रै रहेछ । वास्तविक धर्म त्यो मात्रै होइन् रहेछ ।

कानुनमा कुनैपनि कुरा गर्न अधिकार पाउने, नपाउने र गरेमा के सजाय हुने, कस्तो सजाय हुने भन्ने कुरा लिखित रुपमा हुन्छ । जहाँ यस्तै विषयका दस्ताबेज नै रहन्छ । त्यो समय जुन बेला लिखित रुपमा कानुन नै थिएन त्यो जमानामा पनि धर्म ग्रन्थलाई मानेर नै अपराध नियन्त्रण, न्य७त्रगयतसनिकरण गरिन्थ्यो । जब समाज विकासति हुँदै, बढ्दै गयो अपराधका प्रकृति पनि बढ्दै गए तब धर्म ग्रन्थलाई मात्रै आधार मानेर सजाय दिएर समाज नियन्त्रण गर्न असमभवः प्राय भयो । समाज विकास सँगै मानिसमा चेतनापनि बढ्दै गयो र धर्म ग्रन्थ भन्दा बाहेक पनि लिखित रुपमै कानुन चाहिन्छ भन्ने चेतनाको विकास भएर लिखित कानुन आएको हो । जसले कडा भौतिक सजायको व्यवस्था गर्यो । न्यायालयको परिकल्पना गर्यो । बदलिंदो समाजमा अपराधका प्रकृति पनि फेरिएका हुन्छन ।
अपराधका प्रकृति फेरिएपछि आवश्यक कानुन नयाँ बन्नु वा पुरानैमा परिवर्तन आउनु स्वभाविक हो, अझ भनौ आवश्यक पनि छ । अन्यथा समाजमा शान्ति व्यवस्था कायम गर्न निकै गाह्रो पर्छ । यता धर्मशास्त्र हेर्ने हो भने नियम हैन मानिस बदलिनु पर्छ, आफ्ना इच्छा चाहना दबाएर राख्नु पर्छ अन्यथा बिधोंश मच्चिन्छ भन्ने उल्लेख छ । कानुनकै साहयताले आज हामिले आफ्ना अधिकारका निर्बिरोध प्रयोग गर्न पाएका छौँ । धर्मकै नाममा आफ्ना अधिकारहरु गुमाउनु परेको छैन । कानुनकै आडलिइर पिछडिएका बर्गले अगाडी बढ्ने अवसर पाएका छन् । मन नमिल्ने व्यक्तीसँग सहज रुपमा छुट्करा पाएर आफ्नो नयाँ जीवन आफ्नै शैलिमा चलाउन पाएका छन् । अब लाग्न लाग्न थालेको छ कि, नत धर्म गलत रहेछ, नत कानुन नै गलत । गलत त हामिपो रहेछौँ । धर्मले हामिलाई पाप अपराध नगर नत्र मरेपछि नर्क को बास होला भन्छ । कानुनले भन्छ तैँले अपराध गरे यही जन्ममा भोग्नुपर्छ ,सजाय पाउँछस । दुबैको आसय एकै हो अपराध गर्नबाट रोक लगाउने ।
कानुनले बर्जित गरेका कुरा गरेर अपराध बढे जसरी नै धर्मले रोक लगाएका कुरा गर्नाले पनि अपराध नै हुन्छ । हामिले जब–जब कानुनको र धर्मको दुरुपयोग गर्दै जान्छौ तब–तब हामी आफै समस्यामा फस्दै जान्छौँ ।

(लेखक बिमला शर्मा कानुनको विद्यार्थी एवं मनोविश्लेषक हुनुहुन्छ)

२६ कार्तिक २०७६, मंगलवार ०२:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

विशेष दूत बनाएर माधब नेपाललाई भारत पठाउने कुरा हल्ला मात्रै

काठमाडौँ, २६ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतसँगको सीमा विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले..

नेपाल छिर्‍यो पश्चिमी वायु, भारी हिमपातको सम्भावना

काठमाडौँ, २६ मंसिर । बुधबार साँझ पश्चिमबाट न्युन चापिय प्रणाली नेपाल प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका..

बुधबारबाट मौसम बदली, यस्तो छ ३ दिनको अनुमान

काठमाडौँ, २५ मंसिर । जल तथा मौसम विज्ञान विभागले आजबाट नेपालको मौसम बदली हुने जनाएको छ । विभागका अनुसार हाल..

किन ओरालो लाग्दैछ सुनको भाउ ?

निरोज कुमार थापा, काठमाडौँ, २३ मंसिर । गत बिहिबारदेखी सुन तथा चाँदीको भाउमा ओरालो लाग्ने क्रम सुरु भएको छ । गत..

१७ दिनपछि ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन् । नयाँ मन्त्रीलाई बधाई..