सीमा विवादः वार्ता गर्न भारत तयार, एपिएफ र एसएसबी पनि छलफलमा

निरोज कुमार थापा, काठमाडौँ, २५ कार्तिक । भारतीय नक्सामा नेपाली भूभाग पनि देखाईएको भन्दै नेपालमा भारतविरोधी गतिविधि बढेपछि भारत वार्ता गर्न सहमत भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार आगामी २ हप्ताभित्र नेपाल–भारत परराष्ट्रसचिवस्तरीय बैठक हुने भएको छ । बैठक बस्ने विषयमा आइतबार दुई पक्षबीच अनौपचारिक छलफल भएको र आज सोमबार औपचारिक छलफल गरी वार्ताको मिति तय गरिने मन्त्रालय स्रोतले जनाएको छ ।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय विदेश मन्त्रालयका अधिकारीसँग भेट गरी वार्ताको वाताबरण मिलाउन लागेको परराष्ट्रले बताएको छ । २०७१ साउनमा काठमाडौंमा बसेको नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकले सीमा विवाद मिलाउन परराष्ट्रसचिव स्तरीय छलफल गर्ने भन्दै दुवै देशका परराष्ट्र÷विदेश मन्त्रालयका सचिवलाई जिम्मेवारी तोकेको थियो । तर त्यसयता सीमाका विषयमा छलफल भएको छैन ।

एपिएफ–एसएसबी पनि वार्तामा

नेपालको सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल (एपिएफ) र भारतको सीमा सुरक्षा हेर्ने भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच आगामी मंसिर ४ देखि ६ सम्म वार्ता हुने भएको छ । काठमाडौंमा हुने छलफलमा सीमा सुरक्षा, क्रसबोर्डर लगायतका विषयमा वार्ता हुने बताइएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले वार्ता हुने पुष्टि गर्दै नेपाली टोलीको नेतृत्व आफूले गर्ने बताए । ‘यो नियमित बैठक हो, समग्र सुरक्षा, क्रसबोर्डर सुरक्षा, सीमा सुरक्षामा सहकार्यसहित केही नयाँ विषयमा पनि छलफल हुनेछ’ उनले भने । भारतबाट एसएसबी प्रमुख नेतृत्वमा एक टोली काठमाडौँ आउनेछ ।

२५ कार्तिक २०७६, सोमबार १२:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

धनुषामा बम विष्फोट, ३ जनाको मृत्यु

जनकपुर, २८ मंसिर । धनुषामा गएराति भएका बम विस्फोटमा प्रहरी अधिकृत र एकै परिवारका बाबु–छोराको मृत्यु भएको छ । चार जना गम्भीर घाइते..

भारतीय सेना फीर्ता र नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन

काठमाडौँ, २७ मंसिर । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर अविलम्ब..

भिम रावलको आक्रोश, ‘नयाँ नक्सा बनाउन कसले रोक्यो ?’

काठमाडौँ, २७ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले नेपाली भूमी समेटेर नयाँ नक्सा..

चिसोले देशभरको जनजीवन प्रभावित, यस्तो छ ३ दिनको मौसमी पूर्वानुमान

काठमाडौँ, २७ मंसिर । बुधबार बेलुकाबाट नेपाल प्रवेश गरेको पश्चिमी निम्न चापीय प्रणालीका कारण देशभरको मौसम बदली..

विशेष दूत बनाएर माधब नेपाललाई भारत पठाउने कुरा हल्ला मात्रै

काठमाडौँ, २६ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतसँगको सीमा विवाद मिलाउन..