सेल्टा विरुद्द मेस्सीको ह्याट्रिक

एजेन्सी, २४ कार्तिक । स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगो विरुद्द बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ह्याट्रिक गोल गरेका छन् । उनको ह्याट्रिकसँगै बार्सिलोना ४–१ को फराकिलो गोल अन्तरले विजयी भएको छ । शनिबार राति भएको खेलमा घरेलु टोली बार्सिलोनाका लागि कप्तान मेस्सीले ह्याट्रिक गर्दा सर्जियो बुसक्वएटले १ गोल गरे ।

खेलको २३औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै मेस्सीले बार्सिलोनालाई अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा ओलजाले गोल गर्दै सेल्टालाई १–१ गोलको बराबरीमा ल्याए । तर पहिलो हाफको अतिरिक्त समयमा मेस्सीले अर्को गोल गर्दै खेल २–१ मा पुर्याए ।

४८ औं मिनेटमा गोल गर्दै मेस्सीले ह्याट्रिक गोल पूरा गरे । त्यस्तै, ८५औं मिनेटमा सर्जियोले गोल गरेपछि बार्सिलोना ४–१ ले विजयी भयो ।

जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले १२ खेलबाट २५ अंक बनाएको छ । पराजित सेल्टा भने लिगको १८ औं स्थानमा छ ।

२४ कार्तिक २०७६, आईतवार ११:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

भारतीय सेना फीर्ता र नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन

काठमाडौँ, २७ मंसिर । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर अविलम्ब नेपालको नयाँ नक्सा..

भिम रावलको आक्रोश, ‘नयाँ नक्सा बनाउन कसले रोक्यो ?’

काठमाडौँ, २७ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले नेपाली भूमी समेटेर नयाँ नक्सा..

चिसोले देशभरको जनजीवन प्रभावित, यस्तो छ ३ दिनको मौसमी पूर्वानुमान

काठमाडौँ, २७ मंसिर । बुधबार बेलुकाबाट नेपाल प्रवेश गरेको पश्चिमी निम्न चापीय प्रणालीका कारण देशभरको मौसम बदली..

विशेष दूत बनाएर माधब नेपाललाई भारत पठाउने कुरा हल्ला मात्रै

काठमाडौँ, २६ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतसँगको सीमा विवाद मिलाउन..

नेपाल छिर्‍यो पश्चिमी वायु, भारी हिमपातको सम्भावना

काठमाडौँ, २६ मंसिर । बुधबार साँझ पश्चिमबाट न्युन चापिय प्रणाली नेपाल प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका..