मुख्यमन्त्री राउतले सोधे, ‘प्रदेश २ विदेशी भूमी हो ?’

जनकपुर, २४ कार्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशलाई केन्द्र सरकारले विभेद गरेको आरोप लगाएका छन् । उनले आफू मुख्यमन्त्री भएको प्रदेशले देशभित्रकै परदेशको ब्यवहार भोग्नु परेको गुनासो गरेका छन् । जनकपुरधाममा जारी साहित्यिक महोत्सवको ‘प्रदेश र परदेश’ सत्रमा मुख्यमन्त्री राउतले ‘के यो भूमि विदेश हो ? म विदेशबाट आएर मुख्यमन्त्री बनेको हुँ ?’ भन्दै प्रश्न गरे ।

उनले आफूले देशभित्रकै एउटा प्रदेशको मुख्यमन्त्री हुँ भन्ने अनुभूत गर्न नपाएको गुनासो गरे । ‘अरु मुख्यमन्त्रीलाई विदेश जान दिने, मलाई नदिने किन ?’ उनले फेरि प्रश्न गरे । समाजवादी पार्टीका नेता समेत रहेका मुख्यमन्त्री राउतले भने, ‘कार्यान्वयन गर्ने ठाउँमा संघीयता नचाहनेहरु पुगेका कारण यस्ता जटिलता देखिएका हुन् ।’

२४ कार्तिक २०७६, आईतवार ०९:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सभामुखको उम्मेद्वारमा असन्तुष्टि जनाउँदै राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा

काठमाडौँ, १० माघ । अग्नि सापकोटालाई नेकपाले सभामुखको उम्मेद्वार बनाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकारले..

पर्यटन बोर्डको सिइओ र एनएसीको अध्यक्ष तत्काल नियुक्त गर्न मन्त्री भट्टराईको ध्यानाकर्षण

निरोज कुमार थापा, काठमाडौँ, १० माघ । निजी क्षेत्रका व्यवसायीक संघ संगठनहरुले संस्कृति, पर्यटन तथा नागरिक..

प्रदेश सांसद दिपक मनाङे पक्राउ

पोखरा, ९ माघ । गण्डकी प्रदेशसभाका सांसद राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । कास्की प्रहरीले मनाङेलाई..

उखु किसानको बक्यौता नतिर्ने चिनी मिलको बैंक खाता रोक्का

काठमाडौँ, ९ माघ । उखु किसानको बक्यौता नतिर्ने चिनी मिलहरुको बैंक खाता रोक्का भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति..

उपसभामुखको दौडमा काँग्रेस र राजपा, कसको सम्भावना बलियो ?

निरोज कुमार थापा, काठमाडौँ, ८ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अग्नि सापकोटा सभामुखका एक्ला..