भारतको नयाँ नक्सा सार्वजनिक, पाकिस्तानको विरोध

एजेन्सी, १८ कार्तिक । भारत सरकारले नयाँ नक्सा सार्वजनिक गरेको छ । जम्मू–कश्मीर र लद्दाख केन्द्र शासित प्रदेश बनेपछि भारतले पहिलोपटक नयाँ नक्सा जारी गरेको हो ।

यो नक्शा बमोजिम अब भारतमा २८ राज्य र नौवटा केन्द्र शासित प्रदेश भएका छन् । भारत सरकारको प्रतिवेदनमा प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहको सुपरिवेक्षणमा जम्मू–काश्मीर र लद्दाखको सीमा निर्धारण गरिएको बताइएको छ । ५ अगष्ट २०१९ मा भारतीय संसद्‍मा संविधानको धारा ३७० र ३५ ‘ए’ लाई निष्प्रभावी बनाउने निर्णय बहुमतबाट गरिएको थियो । संसद्‍पछि राष्ट्रपतिले ती धाराहरू निलम्बन गर्दै जम्मू–कश्मीर पुनर्गठन कानुनका लागि मन्जुरी दिएका थिए।

त्यहाँको गृह मन्त्रालयले आफ्नो प्रतिवेदनमा भनेको छ, ‘केन्द्र शासित प्रदेश लद्दाखमा दुई जिल्ला हुनेछन्, करगिल र लेह । बाँकी २६ जिल्ला जम्मू–कश्मीरमा रहनेछन् । सन् १९४७ मा जम्मू कश्मीरमा १४ जिल्ला थिए। सन् २०१९ मा सरकारले जम्मू(कश्मीर पुनर्गठन गर्दै १४ जिल्लालाई २८ पुर्‍याएका थिए ।

भारतको नयाँ नक्सामा आफ्नो देशका केही जिल्ला समेटिएपछि पाकिस्तानले तीव्र विरोध गरेको छ । पाकिस्तान नियन्त्रित कश्मीरका मुजफ्फरावाद, मीरपुर र पुँछ जिल्लालाई जम्मुकश्मीरमा र गिलगिट–बल्तीस्तानलाई लद्दाकअन्तर्गत समावेश गरिएपछि पाकिस्तान रुष्ट भएको हो ।

पाकिस्तानी विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै भारतद्वारा जारी जम्मुकश्मीरसहितको नयाँ राजनीतिक नक्सा कानुनी रूपमा अमान्य भएको साथै त्यसले संयुक्त राष्ट्रसंघको सम्बन्धित प्रस्तावको समेत ठाडो उल्लंघन गरेको बताएको छ ।

१८ कार्तिक २०७६, सोमबार ११:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..