लामो नाट्य महोत्सव अन्तर्गत बाथ प्याँख (माकसी मियेगु) नाच प्रदर्शन

सुभानु आचार्य ललितपुर, १७ कात्तिक । ललितपुरको लोक प्रसिद्ध परम्परागत तथा ऐतिहासिक ३७९ वर्ष पुरानो कात्तिक नाचको आज तेस्रो दिन बाथःप्याखँ (माकसी मियेगु) अर्थात शिक्षामूलक नाच देखाइएको छ । पाटनको मङ्गलबजारस्थित चार नारायण मन्दिर अगाडि कात्तिक डबलीमा साँझ ७ बजेदेखि कात्तिकनाच शुरु भएको छ ।

सो नाचमा शिक्षाका साथसाथै चेतनामूलक एवं एक लोक नाटक पनि देखाइएको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण प्रधानले जानकारी दिनुभयो । “यस नृत्यले समाजका हरेक मानिसलाई हास्यव्यङ्ग्यमार्फत शिक्षाको साथसाथै चेतना प्रदान गर्छ”, प्रधानले भन्नुभयो, “यस नाचको मञ्चन मुख्य गरी तीन कलाकारले गरे ।” पहिलो चरणमा कृष्णगणबाट शुरु हुने सो नाचमा कथानुसार कलाकार बाहिरिने र भित्रिने क्रम हुने हुँदा कूल ११ कलाकारको भूमिका नृत्य अवधिभर रहेको उहाँले बताउनुभयो ।

गत कात्तिक १५ गतेदेखि शुरु भएको कात्तिक नाचको पहिलो दिन सुदामा प्याखं र दोस्रो दिन भक्त सुरदास प्याखं मञ्चन भइसकेको छ । विगतका वर्ष कात्तिक कृष्ण प्रतिपदादेखि कात्तिकशुक्ल पूर्णिमाका दिनसम्म देखानने सो नाच यस वर्ष कात्तिक शुक्ल पञ्चमीदेखि शुरु भएर कात्तिक पूर्णिमाको दिनसम्म १२ दिन देखाइने समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले जानकारी दिनुभयो ।

विसं १६९७ मा पाटनका मल्लकालीन राजा सिद्धिनरसिंहले करीब पौने चार सय वर्षअघि कात्तिकनाच शुरुआत गर्नुभएको हो । शाक्यले भन्नुभयो, “यस नाचको आफ्नै धार्मिक विधि रहेकोले यसलाई ‘कार्तीप्याखाँ’ अर्थात् ‘कात्तिकनाच’ भन्ने गरिएको हो ।” सत्रौँ शताब्दीमा शुरु भएको कात्तिकनाच विष्णु पुराणमा आधारित भएर विष्णुको अवतार नृसिंह, राजा हिरण्यकश्यपु र विष्णु भक्तप्रल्हादको कथामा आधारित भएर पनि नाचिने गरिन्छ । नाचका माध्यमबाट जीवनोपयोगी विभिन्न धार्मिक नाटकको प्रस्तुतिलाई पनि देखाउने गरिएको समितिले जनाएको छ ।

मुलुककै सबैभन्दा लामो नाट्य महोत्सव मानिने नाचको मञ्चन गर्न आठ वर्षदेखि ८० वर्ष उमेर समूहका कलाकार, वाद्यवादक, गायक, सहयोगी गरी करीब एक सय मानिसले भाग लिएको बताइएको छ । समितिले सार्वजनिक गरेको सूचानानुसार आइतबार, सोमबार र मङ्गलबार तीनै दिन बाथः प्वाखंँ, बुधबार युद्धकला, बिहीबार देवी नृत्य, शुक्रबार जलशयन (मधुकैटभ वध), शनिबार वराह अवतार, आइतबार नृसिंह अवतार, सोमबार वस्त्रहरण लीला र अन्तिम दिन अर्थात् मङ्गलबार दधि लीला नृत्य देखाई समापन गरिने भएको छ ।

कात्तिकनाचलाई अघि बढाउन ललितपुर महानगरपालिकाले यस वर्ष रु चार लाख दिने कबोल गर्नाका साथै पाटन दरबार सङ्ग्रहालय, ललितपुर उद्योग वाणिज्य सङ्घ, सम्झना ल्याबोरेटरीलगायत इच्छुक व्यक्तिले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको समितिका अध्यक्ष प्रधानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ सो नृत्य अवधिभर करीब रु १५ देखि १६ लाख रकम आवश्यक पर्ने हुँदा थोरै रकम खर्च गरेर पुरानो संस्कृतिलाई जोगाउने योजनाका साथ कार्यक्रमलाई अघि बढेका छौं ।” समितिले यस वर्षको कात्तिक नाचमा रु ६ लाख खर्च गर्ने बताएको छ ।

गत आइतबार १२, शनिबार १०, आज आइतबार ११, सोमबार १६, मङ्गलबार १४, छैटौँ दिन २१, सातौँ दिन १२, आठौँ दिन नौ, दशौँ दिन १९, एघारौँ दिन ११ र बाहौँ दिन १३ कलाकारले नृत्य गर्ने भएका छन् । विसं १६५७ मा पहिलो पटक पाँच दिन मनाइएको सो नाच १७२३ सालमा आएर सात दिन थप गरी १२ दिन मनाइएको थियो । विसं १७४० मा १५ दिन थप गरी अर्काे पटक २७ दिन मनाइएको सो नाच २००७ सालदेखि २०३७ सालसम्म ३० वर्ष दुई दिन मात्र मनाइएको थियो । विसं २०३८ मा आठ दिन मनाइएको कात्तिक नाच २०७१ सालदेखि १२ दिन मनाउन थालिएको समितिले जनाएको छ ।

कात्तिक नाचको मुख्य आकर्षण भनेकै नृसिंह अवतारको नाच हो । यस नृत्यलाई विशेष गरी कात्तिक त्रयोदशीको दिन देखाउनुनै पर्ने चलन पाटनमा छ । कात्तिकनाचअन्तर्गत नाचिने नृसिंह अवतारमा हिरण्यकश्यपुलाई नृसिंहबाट बध गरिने नाटक रहने छ । यो नाचविशेष गरी साँझमा शुरु गरी मध्यरातमा समाप्त हुन्छ । विगतमा कात्तिकनाच एक महिना देखाइने हुँदा अर्थाभावका कारण छोट्याएर १२ दिन हुन पुगेको पाटनका ७२ वर्षीय सूर्यमान डङ्गोलले बताउनुभयो । वस्त्रहरण लीला कात्तिक नाचको दोस्रो महत्वपूर्ण नाच हो । यो नाच कृष्णलीलामा आधारित भएर मञ्चन हुने गर्छ । पाटनका राजोपाध्याय, श्रेष्ठ, प्रधान, अमात्य, जोशी, मल्ललगायत जुनसुकै समुदायका मानिसले कात्तिकनाचमा भाग लिन पाउने बताइएको छ । रासस

१८ कार्तिक २०७६, सोमबार ०४:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

संसदीय समितिले माग्यो गिट्टी, ढुंगा र बालुवाको मूल्य

काठमाडौँ, ३ माघ । संसदको अर्थ समितिले नदीजन्य निर्माण सामग्रीको मूल्य खोजेको छ । समितिले सातवटै प्रदेशका २÷२ जिल्लाका जिल्ला..

ज्ञानेन्द्र शाहकी छोरीलाई घर खाली गर्न निर्देशन

काठमाडौँ, ३ माघ । नेपाल ट्रस्टको कार्यालयले पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई ३५ दिन भित्र घर जग्गा..

ओली प्रचण्डबीच ५ दिनपछि कुराकानी

काठमाडौँ, २ माघ । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल..

पौष मसान्तः ७ अर्बको भुक्तानी, ४५ अर्ब राजश्व संकलन

काठमाडौँ, १ माघ । चालु आर्थिक वर्षको अर्धवार्षिक अवधि (पौष मसान्त)सम्ममा सरकाको पुँजीगत खर्च १३.४२ प्रतिशत मात्रै..

सस्तियो सुन, कति छ बजार भाउ ?

निरोज कुमार थापा, काठमाडौँ, २९ पौष । आज मंगलबार सुन चाँदीको भाउमा भारी गिरावट आएको छ । हिजो सोमबार तोलाको ७४ हजार ८..