आत्महत्या संस्कार, कारण र रोकथामका उपाय

पापी पेट पाल्नकै लागि दिनरात पसिना चुहाउनु पर्ने बाध्यता छ भन्छन् मकै पोल्ने दाइ । दिउँसो १ बजे बाट साँझ ६ बजे सम्ममा १ हजार २ सय सम्मको ब्यापार हुन्छ । घर धान्न मुस्किल छ, बाँच्न गाह्रो छ देशमा भन्छन् उनी । कसैलाई बाच्न गाह्रो, कसैलाई मर्न ।
कैयौँलाई दिनरात ज्याला मजदुरी गरेर पनि पेटभरि खान धौधौ पर्छ । कसैलाई बाँच्नकै लागि कयौँ कष्ठपूर्ण कार्यहरु गर्नु परेको छ । जिवन धान्नकै लागि मानिसले एकैदिन लाखौँ तिरेर पनि बाँच्ने रहर हुन्छ, चाहे त्यो अस्पतालको सैयामै किन नहोस् । हुन पनि करोडौँ तिरेर पनि त पाइदैन जिवन । यद्यपि कतिपय मानिसहरु यही जिवन सिध्याउने सोचमा बरालिन्छन् ।
आजको समयमा आत्महत्या बिकराल समस्याको रुपमा देखा परेको छ ।
प्रकृतिको सुन्दर उपहार हो मानव जिवन, जुन चिज हामीले बनाएका होइनौ । र, त्यसलाई सिध्याउने अधिकार पनि हामीलाई छैन ।

केही मानिसहरु, जब समस्या पर्छ, यसबाट निस्कने सजिलो उपाय मृत्यु हो भन्ने सोच्दछन् । कतिपयले त ठट्टैमा भन्ने गर्छन् कि ३५ रुपैयाँ न हो जिवन सिध्याउने औषधिको दाम । के जिवन यति सस्तो छ त ? के म मर्दैमा समस्याको समाधान हुन्छ त ? म सँग जोडिएका मानिसलाई कस्तो असर पर्छ त मेरो निर्णयले ? यो सब आत्महत्या गर्ने सोच आउने व्यक्तिले मनन् गर्नु जरुरी छ ।

के हो त आत्महत्या ?
आत्म अर्थात् मन । हत्या मतलब सिध्याउने, बिनाश गराउने , यानिकी मेरो देह हत्याः यानिकी कुनै पनि सजिब प्राणी को प्राण लिनु ।

जब मैले जानीजानी आफ्नो जीवन आफै समाप्त गर्ने योजना बनाउँछु र विभिन्न प्रयासद्वारा मेरो जीवन म स्वयमले समाप्त पार्दछु भने त्यो आत्महत्याा हो । यो समस्या धेरै देशहरुमा १५ देखि २४ वर्ष उमेर समूहका मानिसहरुमा हुने गर्दछ ।

विश्वमा एक वर्षमा लगभग १० लाख मानिसहरुले आत्महत्या गरेर ज्यान गुमाउने गरेका छन् । नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४–२०७५ मा ५ हजार ३ सय ४६ मानिसले आत्महत्या गरी आफ्नो इहलिला समाप्त पारेका छन् । जसमध्ये २ हजार ८ सय ५४ पुरुष, २ हजार २ सय महिला, १ सय ११ बालक र १ सय ३९ बलिका छन् ।

आत्महत्या गर्ने मध्ये ७ सय ३५ जनाले झुन्डिएर आत्महत्या गरेका छन् भने विष सेवन गरेर आत्महत्या गर्नेको संख्या दोस्रो स्थानमा आएको छ । यो तथ्याङ्क त प्रहरीमा दर्ता भएको र प्रहरीको जानकारीमा आएको मात्र हो । वास्तविकतामा भने यो संख्या अझ बढी हुन सक्छ । आत्महत्या रोकथामका विभिन्न प्रयासहरु भएपनि यो एउटा चुनौतीको रुपमा रहेको छ ।

सामान्यत बाहिरी कारणहरुमा आफूलाइ परिवार, साथीभाइ, आफन्तले नबुझेको र एक्लोपनको निरासाका कारण अन्तिम अवस्थामा आत्महत्या गरेको देखिन्छ तर आत्महत्या गर्ने अन्य कारणहरु पनि हुन्छन् ।

आत्महत्याका कारणहरु:
प्रेममा असफलता
जटिल आर्थिक समस्या
बेरोजगारी
असफलता
बदनाम
हिंसा
तनाब
बिछोड
सामाजिक बहिस्कार
मानसिक समस्या
दीर्घ रोग
मादक पदार्थको दुव्र्यसन
समाजमा वा परिवारमा आत्महत्याको प्रयास

भ्रम र सत्य
अरुको ध्यानाकर्षण गर्न प्रयास गर्दछन् । वास्तवमा मर्ने मनसाय बनाइसकेको मानिसलाई अरु को मतलब नै हुदैन ।

आवेगमा आएर गरिने कार्य । धेरैजसो आत्महत्या योजनावद्ध रुपमा हुने गर्दछन्् ।
बालबालिकाले आत्महत्याको प्रयास नै गर्दैनन् । यद्यपि तथ्याङ्क अनुसार प्रत्येक वर्ष आत्महत्या गर्नेमा बालबालिकाको संख्या पनि उत्तिनै बढी देखिन्छ ।

अरुलाई थाहै नै नदिई सुटुक्कै गर्दछन् । यस्ता प्रयास गर्नुअघि विभिन्न तरिकाबाट संकेत दिइरहेका हुन्छन् ।

कानुनी प्रावधान
मुलुकी अपराध संहिता ऐन, २०७४, दफा १८५ :
आत्महत्या गर्न प्रोत्साहन दिन नहुने,
कसैले कसैलाई आत्महत्या गर्न प्रोत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन ।

उपदफा १ बमोजिमको कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
त्यस्तो कसुर भएको कुरा थाहा पाएको मितिले ६ महिना नाघेपछि उजुर लाग्ने छैन ।

रोकथाम
सर्वप्रथम त समस्या भएका व्यक्तिसँग परिवारका सदस्यहरुले माया र सदभाब पूर्ण व्यवहार गर्ने । आत्महत्या व्यक्तिको कमजोरीका कारण नभई आनुवंशिक, मनोवैज्ञानिक, सामाजिक, सांस्कृतिक कारणबाट तथा अन्य जोखिमका तत्वहरुको संयुक्त प्रभावका कारणले हुने गर्दछ भन्ने कुरा सम्पूर्णले बुझ्नु आवश्यक छ । खतराको सूचक, जोखिम र सुरक्षाका तत्व, स्व हेरचाहर आदिको जानकारी भएमा आत्महत्यालाई रोकथाम गरि प्रत्येकको जीवन बचाउन सकिन्छ । यसका लागि हामि सबैको सहकार्यले मात्र सम्भव छ ।

अन्तमा,
यदि तपाईंलाई कसैले आत्महत्या गर्दै छ जस्तो आशंका भएमा उसलाई खुलेर प्रश्न गर्नुस्, तपाईं कहिले र कसरी मर्ने तयारीमा हुनुहुन्छ ? आत्महत्याको बारेमा सोधिने प्रश्नले व्यक्तिलाई आत्महत्या गर्न उक्साउँदैन । प्रायजसो अवस्थामा यसले आत्महत्यासँग सम्बन्धित रहेका विचारहरु वा कार्यहरलाई घटाउन सहयोग गर्नुका साथै उसलाई अरुले पनि बुझेको छ भन्ने भावना जागृत गराउँछ ।

मानिस देख्दा सबै एकै प्रकारका देखिन्छन तर प्रत्येकको व्यवहार भने फरक हुन्छ । सबै मानिस एकै नाशका हुन्छन् भन्ने छैन र भए पनि सायद संसार रमाइलो हुँदैन थियो होला ।

मानिसका विचार र व्यबहार उसले पाउने ज्ञान र अनुभवको नतिजा हो । मानिसको वरपरको वातावरण, शिक्षा, जीवनका भोगाई र खुशीका क्षणले मानिसले जीवन भरिनै केही न केही सिक्दै जाने हो ।

मैले मेरो जीवनमा कयौँ कुराहरु विद्यालय बाहिर नै सिकेको छु । मेरा लागि संसार र जीवन, जीवनको अन्त्यसम्म संघर्ष गर्दै अगाडि बढ्ने प्रकृया हो । सबै ज्ञान, सीप, दक्षता भएका व्यक्ति सफल नै हुन्छन् भन्ने पनि छैन ।


(लेखक बिमला शर्मा मनोबिमर्श कर्ता एवं कानुनका सोधकर्ता समेत हुनुहुन्छ)

१८ कार्तिक २०७६, सोमबार ०४:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

उपप्रधानमन्त्री पोखरेलले भने, ‘सीमा समस्या विरासतकै रुपमा आएको छ’

काठमाडौँ, २० मंसिर । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले मूलुकको सीमा समस्या विरासतकै रुपमा आएको बताएका छन् । सीमा बचाऔं..

अमेरिकाले भन्यो, ‘हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक बन्दिनोस्’

काठमाडौँ, १९ मंसिर । नेपाल भ्रमणमा रहेका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी..

हाइब्रिड गाडीको भन्सार छुट खारेज

निरोज कुमार थापा, काठमाडौँ, १९ मंसिर । सरकारले हाइब्रिड गाडीको आयातमा दिईदै आएको भन्सार छुट खारेज गरेको छ । अर्थ..

प्रधानमन्त्रीको दूत बनेर भारत जान पाएनन् माधव नेपाल

निरोज कुमार थापा, काठमाडौँ, १८ मंसिर । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको भारत भ्रमण रोकिएको छ । भारतले..

गृहले फेर्‍यो ५ जिल्लाका सिडिओ, को कहाँ पुगे ?

निरोज कुमार थापा, काठमाडौँ, १७ मंसिर । गृह मन्त्रालयले ५ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरबदल गरेको छ ।..