तिहारको तेस्रो दिन, कुकुरको पूजा गरिँदै

काठमाडौँ, १० कार्तिक । आज यमपञ्चकको तेस्रो दिन अर्थात । कुकुरको पूजा तथा कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर मनाइँदैछ । कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको छ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ । यही विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको हो ।

वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास समेत गरिन थालेको छ ।

१० कार्तिक २०७६, आईतवार ०९:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

उपसभामुखको दौडमा काँग्रेस र राजपा, कसको सम्भावना बलियो ?

निरोज कुमार थापा, काठमाडौँ, ८ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अग्नि सापकोटा सभामुखका एक्ला उम्मेद्वार बनेसँगै..

फेरि ढाँटिए उखु किसान, सय करोड बक्यौतामा ८ करोड दिईयो

काठमाडौँ, ७ माघ । उखु किसानको बाँकी पैसा दिलाइदिन्छु भनेर सरकारले लिएको समय आज सकिएको छ । माघ ७ गतेसम्म सबै पौसा..

पर्यटन क्षेत्रमा वैदेशीक लगानी बढ्यो

निरोज कुमार थापा, काठमाडौँ, ७ माघ । चालु आर्थिक वर्ष २०७६÷०७७ मा पर्यटन क्षेत्रमा विदेशी ह्वात्तै लगानी बढेको छ ।..

दामनमा ८ जना भारतीय पर्यटकको मृत्यु

काठमाडौँ, ७ माघ । मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस भेटिएका ८ भारतीय पर्यटकको मृत्यु भएको छ । मृत्यु..

मूल्य वृद्धि रोक्ने राष्ट्र बैंकको लक्ष्य ‘फेल’

निरोज कुमार थापा, काठमाडौँ, ६ माघ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक..