अमेरिकन ‘एनआरएन’को ९० लाख नबिल बैंकमा अड्कियो

काठमाडौँ, ८ कार्तिक । एक जना अमेरिकन गैरआसावीय नेपालीको ९० लाख रुपैयाँ नबिल बैंकमा अड्किएको छ । रेमिट्यान्स मार्फत अमेरिकाबाट नेपाल पठाएको पैसाको स्रोत खुल्न नखुलेपछि उक्त रकम बैंकमा नै अड्किएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन काठमाडौँ आएका ती अमेरिकन एनआरएनले पैसा पठाउँदा गल्ती गरेका कारण पैसा अड्किएको हो । अमेरिकाबाट पैसा पठाउने र नेपालमा पैसा पाउने व्यक्ति एकै भएपनि नाम फरक फरक हुँदा पैसा दिन नसकिएको बैंकले जनाएको छ ।

एकै व्यक्तिको परिचयपत्र फरक फरक भएकाले पैसाको स्रोत खुल्न नसकेको अनुसन्धानमा पाईएको छ । अमेरिकाबाट पैसा पठाउने क्रममा पठाउने व्यक्तिको नाम माइकल उल्लेख गरेको र नेपालमा पैसा पाउने व्यक्ति आफै भएपनि नाम राजन देखाएकाले पैसा झिक्न समस्या भएको हो ।

आफूले पठाएको पैसा झिक्न नपाएपछि उनी कानुनी उपचारको खोजीमा ती व्यक्ति राष्ट्र बैंकमा पुगेका थिए । तर राष्ट्र बैंकले समेत सम्पतिको स्रोत नखुलेसम्म केहि गर्न नमिल्ने बताएको छ । ‘धेरै बाठो हुँदाको परिणाम हो’ राष्ट्र बैंक स्रोत भन्छ, ‘नेपाल आएर आफै झिक्ने भएपछि किन दुई दुईवटा परिचयपत्रको प्रयोग गरेको होला ?’

यो प्रकरण अहिले सम्पति सुद्धिकरण बिभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ ।

८ कार्तिक २०७६, शुक्रबार १०:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सभामुख सापकोटाले लिए सपथ

काठमाडौँ, १३ माघ । सभामुखमा निर्वाचित अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय..

सभामुख सापकोटाविरुद्दको रिट न्यायधिश मल्लको इजलासमा

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दायर भएको रिट न्यायधिश सपना..

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..

नेपाल आइपुग्यो कोरोना भाइरस

काठमाडौँ, १० माघ । चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि आइपुगेको पुष्टि भएको छ । चीनबाट..