देशभरको मौसम बदली, हिमापातको सम्भावना

काठमाडौँ, ६ कार्तिक । जल तथा मौसम विज्ञान विभागले देशभरको मौसम बदलि भएको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले अरब सागरको पूर्वी–मध्य भागमा विकसित भएको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावले मौसम बदलि भएको जनाएको हो ।

विभागले ३ दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै देशका केहि स्थानमा वर्षाको सम्भावना रहेको र उच्च हिमालि भु-भागमा हल्का हिमपातको संभावना रहेको जनाएको छ ।

कार्तिक ०६ गते (बुधबार)
दिउँसोः देशका मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी पहाडी भेगका एकरदुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशका देशको मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी पहाडी भेगका थोरै तथा पश्चिमि पहाडि भेगका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमालि भु-भागमा हल्का हिमपातको संभावना रहेको छ ।

कार्तिक ०७ गते (बिहिबार)
दिउँसोः देशका मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली रहने तथा बांकी भु–भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमि पहाडि भेगका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च हिमालि भु-भागमा हल्का हिमपातको संभावना रहेको छ ।

रातीः देशका मध्य तथा पूर्वी सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमि पहाडि भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भु–भागमा हल्का हिमपातको संभावना रहेको छ ।

कार्तिक ०८ गते (शुक्रबार)
दिउँसोः देशका मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली रहने तथा बांकी भु–भागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी भेगका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भेगमा हल्का हिमपातको संभावना रहेको छ ।

रातीः देशका मध्य तथा पूर्वी सामान्य बदली रहने तथा बांकी भेगमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हिमपातको संभावना रहेको छ ।

६ कार्तिक २०७६, बुधबार १३:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सरकारमा सहभागी हुने २ मन्त्रीको नाम टुंगो लाग्यो

काठमाडौँ, ४ मंसिर । सरकारमा मन्त्रीको रुपमा प्रवेश गर्ने २ जनाको नाम टुंगो लागेको छ । तत्कालिन माओवादी केन्द्रको तर्फबाट २ जनाको..

राजपाको संयोजकमा राजेन्द्र महतो

काठमाडौँ, ४ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयोजकमा राजेन्द्र महतो चुनिएका छन् । बुधबार बसेको..

मन्त्रिपरिषद् हेरफेर, ४ मन्त्रीको बिदाई पक्का

काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केहीबेरमै मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् ।..

प्रचण्ड कार्यकारी अध्यक्ष, ओली पूरै अवधि प्रधानमन्त्री

निरोज कुमार थापा, काठमाडौँ, ४ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई..

प्रधानमन्त्रीले राजीनामा दिन गरेको आग्रह उपसभामुखले मानिनन्

काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेका..