मन्थलीमा पर्यटकलाई ठग्ने २ व्यापारी पक्राउ

निरोज कुमार थापा, मन्थली, ६ कार्तिक । रामेछापको मन्थली विमानस्थल नजिकै सञ्चालित होटल तथा चिया दोकानले मनपरी शुल्क लिन थालेपछि २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्ला विमानस्थल नियमित उडान हुन थालेसँगै खुलेका केही होटल तथा पसलहरुले पर्यटकसँग मनलाग्दी शुल्क लिएको सूचना पाएपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको थियो ।

पक्राउ पर्नेमा एभरेष्ट गटवे मिनीमार्टका सञ्चालक जयकृष्ण अधिकारी र टेकर्स ट्रान्जिट क्याफेकी संचालक पासाङ ल्हमु शेर्पा छिन् ।

प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले केही पसल र होटलले आफूखुशी मूल्य राखी कालोबजारी गरेको पाईएका कारण उनीहरुलाई कालोबजारी ऐन अन्तर्गत कारबाही गर्न पक्राउको आदेश दिईएको हो । पक्राउ परेका दुवै जनालाई अनुसन्धानको लागि हिरासतमा राख्न रामेछाप जिल्ला अदालतले मंगलबारै अनुमति दिईसकेको छ । ऐनमा कालोबजारी गर्नेलाई २ लाख ५० हजारसम्म र १ बर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने प्रावधान छ ।

क्याफेले एक गिलास चियाको १ सय रुपैयाँ, १ बोतल पिउने पानीको ८० रुपैयाँ र ‘भेज’ खानाको ४५० रुपैयाँसम्म लिने गरेको प्रशासनको अनुगमनमा पाईएको थियो ।

६ कार्तिक २०७६, बुधबार १३:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सरकारमा सहभागी हुने २ मन्त्रीको नाम टुंगो लाग्यो

काठमाडौँ, ४ मंसिर । सरकारमा मन्त्रीको रुपमा प्रवेश गर्ने २ जनाको नाम टुंगो लागेको छ । तत्कालिन माओवादी केन्द्रको तर्फबाट २ जनाको..

राजपाको संयोजकमा राजेन्द्र महतो

काठमाडौँ, ४ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयोजकमा राजेन्द्र महतो चुनिएका छन् । बुधबार बसेको..

मन्त्रिपरिषद् हेरफेर, ४ मन्त्रीको बिदाई पक्का

काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केहीबेरमै मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् ।..

प्रचण्ड कार्यकारी अध्यक्ष, ओली पूरै अवधि प्रधानमन्त्री

निरोज कुमार थापा, काठमाडौँ, ४ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई..

प्रधानमन्त्रीले राजीनामा दिन गरेको आग्रह उपसभामुखले मानिनन्

काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेका..