‘विप्लब’ समूहका सर्लाही इन्चार्जलाई प्रहरीले हत्या गरेको मानव अधिकार आयोगको निष्कर्ष

काठमाडौँ, ५ कार्तिक । राष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द ‘विप्लब’ समूहका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले गोली हानी हत्या गरेको निष्कर्ष निकालेको छ । प्रहरी प्रधान कार्यालय नक्साल कै प्रत्यक्ष निर्देशनमा उनलाई जबर्जस्ति बल प्रयोग गरी नियन्त्रणमा लिएर ९ राउण्ड गोली हानेर मारेको आयोगले जनाएको छ ।

गृहमन्त्रीले दाबी भएजस्तो दोहोरो भिडन्त वा आत्मरक्षाको स्थिति कतैबाट पुष्टि नभएको र घटनाको प्रकृति तथा संकलित प्रमाणसमेतबाट पौडेललाई नियन्त्रणमा लिएर मारेको देखिएको आयोगले जनाएको छ । आयोगले आदेश दिने उच्च प्रहरी अधिकारीमाथि छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन समेत दिएको छ । आयोगले घटनामा प्रत्यक्ष संलग्न प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साह, प्रहरी हवल्दार द्वय श्रीविनोद साह र सत्यनारायण मिश्रलाई तत्काल निलम्बन गरी फौजदारी अभियोगमा मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको हो ।

शव परीक्षणमा न्यूनतम प्रक्रियासमेत पूरा नगरेकामा जिल्ला अस्पताल सर्लाहीका तत्कालीन डा. वीरेन्द्रकुमार मण्डललाई सचेत गराउन आयोगले सिफारिस गरेको छ ।

५ कार्तिक २०७६, मंगलवार १२:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सरकारमा सहभागी हुने २ मन्त्रीको नाम टुंगो लाग्यो

काठमाडौँ, ४ मंसिर । सरकारमा मन्त्रीको रुपमा प्रवेश गर्ने २ जनाको नाम टुंगो लागेको छ । तत्कालिन माओवादी केन्द्रको तर्फबाट २ जनाको..

राजपाको संयोजकमा राजेन्द्र महतो

काठमाडौँ, ४ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयोजकमा राजेन्द्र महतो चुनिएका छन् । बुधबार बसेको..

मन्त्रिपरिषद् हेरफेर, ४ मन्त्रीको बिदाई पक्का

काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केहीबेरमै मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् ।..

प्रचण्ड कार्यकारी अध्यक्ष, ओली पूरै अवधि प्रधानमन्त्री

निरोज कुमार थापा, काठमाडौँ, ४ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई..

प्रधानमन्त्रीले राजीनामा दिन गरेको आग्रह उपसभामुखले मानिनन्

काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेका..