साकार पन्तको निर्देशनमा बन्ने भो फिल्म ‘हिजो आजका कुरा’

काठमाडौँ । सन्तोष पन्त निर्देशित नेपाल टेलिभिजनको बहुचर्चित कार्यक्रम ‘हिजो आजका कुरा’लाई छोरा साकार पन्तले फिल्म बनाउने घोषणा गरेका छन् ।
फिल्म निर्मण घोषणा कार्यक्रममा विगत सम्झँदै पन्तले भने, ‘मध्यमवर्गलाई लक्षित गरी तीज, दसैं, माघेसंक्रान्तिका कथादेखि नेपालीकै व्यथालाई समेटेर हास्यरसमा कार्यक्रम बनाउदा पाएको सफलतालाई मध्यमवर्गकै कथा ‘हिजो आजका कुरा’मा फिल्म निर्माण गर्ने तयारी गरेको छु ।’
पन्तकै कथालाई सन्दीप किस्नाले तयार पारेको पटकथामा काठमाडौंका चार परिवारको समस्या र संघर्षलाई देखाउन खोजिएको छ । जसमा विदेश सपनालाई फिल्मको मुख्य विषय बनाइएको बताइएको छ ।

पहिलो पटक फिल्म निर्देशन गर्न लागेका साकारले फिल्म पनि टेलिशृंखला ‘हिजो आजका कुरा’ कै धार र नाममा आधारित रहेर बन्ने जानकारी दिएका छन् ।

फिल्ममा पनि टेलिशृंखलाकै जोडी सन्तोष पन्त र रमा थपलिया मुख्य भूमिकामा हुनेछन् भने नितेशराज पन्त, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, जेबिका कार्की, रमेश अधिकारी, सविन शाक्य, विनायक कुइँकेल, अनुष्का अधिकारीलगायत कलाकारले अभिनय गर्ने भएका छन् । रवि सायमीको छायांकन रहने फिल्मको सम्पादन विनय कंसाकारले गर्नेछन् भने गीत, संगीत हर्क्युलिस बस्नेतको रहने उल्लेख गरिएको छ ।

५ कार्तिक २०७६, मंगलवार ०५:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..

मेलम्चीमा पहिरोः ८ जना बेपत्ता

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएराति खसेको पहिरोले पुरिएर ८ जना बेपत्ता भएका छन् । बजारको..

जनै पूर्णिमा (ऋषि तर्पणी) आज देशभर रक्षाबन्धन धारण गरेर मनाइँदै

काठमाडौँ, १९ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व..