नेपाली दूतावास ओमानद्वारा श्रमिक सचेतना तथा साँगीतिक कार्यक्रम सम्पन्न

ओमान । ओमनमा कार्यरत नेपाली कामदारहरूलाई लक्षित गरेर नेपाली राजदूतावास मस्कटले एक श्रमिक सचेतना तथा साँगीतिक कार्यक्रम “परदेशमा घरदेश” सम्पन्न गरेको छ ।
विदेशी भूमिमा रहने हुने श्रमिकहरूमा सकारात्मक सोचको विकास गर्न, वहाँहरूलाई मानसिक तथा सामाजिक रूपमा एक्लो हुन नदिन तथा सम्भावित भवितव्य (आत्महत्या) र कुलतहरूबाट बच्न सहयोग पुर्याउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।उक्त कार्यक्रम नेपालको इमल इभेन्टससँगको सहकार्यमा आयोजना गरिएको थियो। कार्यक्रममा नेपाली राजदूतावासका द्वितीय सचिव श्री सोमेश थापाले उपस्थित सबैलाई स्वागत गर्दै गएको बडादशैं तथा आउँदो छठ पर्व तथा नेपाल सम्वत् ११४० को अवसरमा सबैलाई शुभकामना प्रदान गर्दै नेपाली राजदूतावास सबैको लागि अभिभावककोरूपमा रहेको जानकारी गराउनु भयो। कार्यक्रममा दूतावासकी श्रम सहचारी श्री कृष्णा कुमारी गौलीले श्रमिकहरूले थाहा पाउनुपर्ने विविध पक्षहरू तथा नेपाली राजदूतावासले प्रदान गर्ने सेवा सम्बन्धी विविध जानकारीहरूको सम्बन्धमा आफ्नो प्रस्तुति दिनु भएको थियो।
सकारात्मक वक्ता श्री बिष्णु दाहालले श्रमिकहरूलाई परदेशमा रहेर पनि आफुलाई कसरी बिरानो महसुस हुन नदिने तथा अन्य मनोबैज्ञानिक समस्या तथा निवारणका उपाय सम्बन्धी आफ्नो प्रस्तुति दिनु भएको थियो।
कार्यक्रममा गायकद्वय श्री सत्यराज आचार्य तथा स्वरूपराज आचार्यले विविध साँगीतिक प्रस्तुति मार्फत करीब एक घन्टा उपस्थित श्रमिक साथीहरूलाई मनोरञ्जन प्रदान गर्नु भएको थियो।
उपस्थित श्रमिक साथीहरूले उक्त कार्यक्रम लिएर आएकोमा नेपाली राजदूतावास मस्कटप्रति आभार प्रकट गर्नुभयो।
लुलुको प्रतिनिधि, नेपाली राजदूतावासका कर्मचारीहरू तथा इमल इभेन्ट्सका पदाधिकारीहरू समेत गरी २०० भन्दा बढीको सहभागिता रहेको थियो।
नेपाली राजदूतावास आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्बता जाहेर गर्दछ। साथै नेपाली दूतावासलाई सम्पर्क गर्नु परेमा दूतावासको facebook: Embassy of Nepal in Muscat, Whatsapp/imo/ hot line: 79512490 मा सम्पर्क गर्न सकिने छ।

५ कार्तिक २०७६, मंगलवार ०५:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

गोकर्ण विष्ट पदमुक्त भएको खुशीयालीमा म्यानपावर व्यवसायीको पार्टी

निरोज कुमार थापा, काठमाडौँ, ५ मंसिर । श्रम तथा रोजगारमन्त्रीबाट गोकर्ण विष्ट बर्खास्त भएपछि म्यानपावर व्यवसायीले खुशी मनाएका छन् ।..

ओलीको कमालः महिला मन्त्रालयको जिम्मेवारी पुरुष सांसदलाई !

काठमाडौँ, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्दै दोलखाका सांसद..

सरकारमा सहभागी हुने २ मन्त्रीको नाम टुंगो लाग्यो

काठमाडौँ, ४ मंसिर । सरकारमा मन्त्रीको रुपमा प्रवेश गर्ने २ जनाको नाम टुंगो लागेको छ । तत्कालिन माओवादी केन्द्रको..

राजपाको संयोजकमा राजेन्द्र महतो

काठमाडौँ, ४ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयोजकमा राजेन्द्र महतो चुनिएका छन् । बुधबार बसेको..

मन्त्रिपरिषद् हेरफेर, ४ मन्त्रीको बिदाई पक्का

काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केहीबेरमै मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् ।..