महिला क्रिकेट : पोखराको जीत

काठमाडौँ, ४ असोज । महिला च्याम्पियन्स लिग (डब्लुसीएल) को लिग चरणको अन्तिम खेलमा पोखरा पल्टनले लतिपुर फाल्कोन्सलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पोखराले ललितपुरलाई छ विकेटले पराजित गर्दै विजयी भएको हो । ललितपुरले दिएको १२३ रनको लक्ष्य पोखराले १७ दशमलव २ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा ग¥यो । पोखराको जितमा कविता कुँवरले अविजित ६१ रनको अर्धशतकीय इनिङ्स खेलिन भने बिन्दु रावलले ४० रन दिइन् । बलिङ्तर्फ ललितपुरकी ममता चौधरी र नेरी थापाले दुई÷दुई विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा सात विकेट गुमाएर १२२ रन बनाएको थियो । ललितपुरका लागि ममता चौधरीले अविजित ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दा कविता जोशीले ३१ तथा सम्झना खड्काले १० रन बनाइन् । पोखराकी सीता राना मगरले दुई विकेट लिइन् । पोखराले एक जीतसहित प्रतियोगिताको अन्त्य गरेको छ भने ललितपुर पनि जीतविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

५ कार्तिक २०७६, मंगलवार ०५:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

शुक्रबार ६ उडानबाट ९ सय बढीलाई काठमाडौँ ल्याईयो, कुन एयरलाइन्सबाट कति ?

काठमाडौँ, १९ असार । शुक्रबार ६ वटा अन्तराष्ट्रिय उडानमार्फत विभिन्न देशबाट ९१७ जनालाई काठमाडौँ ल्याईएको छ । नेपाल एयरलाइन्स र..

कोरोनाका कारण काठमाडौँमा एक जनाको मृत्यु

काठमाडौँ, १९ असार । काठमाडौँका एक जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । नयाँबानेश्वर बस्ने ८५ वर्षीया..

बढ्यो नेपालीको प्रतिव्यक्ति आय, पुग्यो १ हजार ९० डलर

काठमाडौँ, १९ असार । नेपाल निम्न आय भएको मूलुकको सूचीबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व..

पुरुष उत्पीडन:हिंसाको चपेटामा पुरुषपनि

पछिल्लो समयमा समाजमा महिला भन्दा पुरुष हिंसा बढ्दै गएको कुरा समय समयमा बिभिन्न संघ संस्थाहरुले गरेका अध्धयनले..

नेकपा विवाद ः एकता जोगाउन पहल

प्रकाश सिलवाल, काठमाडौँ, १८ असार : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा विवाद बढेपछि पार्टी..