भारतमा उपनिर्वाचन: महाराष्ट्रमा ५४ र हरियाणामा ६५ प्रतिशत मतदान

महाराष्ट्र,४ कात्तिक, (एएनआईए)। भारतका दुई राज्यमा सोमबार उपनिर्वाचन भएको छ । हरियाणा र महाराष्ट्र राज्यमा सोमबार विधानसभा निर्वाचन भएको हो । पछिल्लो विवरण अनुसार महाराष्ट्र राज्यमा ५४.५३ प्रतिशत मतदाताले मतदान गरेका छन् भने हरियाणामा ६५ प्रतिशत मतदाता निर्वाचनमा सहभागी भएका छन् ।

महाराष्ट्रको साँझ ५ बजेसम्म र हरियाणामा वेलुका ६ बजेसम्ममा उक्त परिमाणमा मत खसेको थियो । महाराष्ट्र अन्तर्गतको मुम्बई जिल्लामा भने स्थानीय समय अनुसार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्ममा ४४ प्रतिशत मतदान भएको छ ।

महाराष्ट्र राज्य अन्तर्गतका २८८ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै मतदान राधानगरीमा भएको छ । अधिकारीहरुले त्यस क्षेत्रमा ७०.८९ प्रतिशत मतदाताले मतदान गरेको तथ्याङ्क सार्वजनिक गरेका छन् ।

तर सबैभन्दा धेरै मतदान भने उल्लासनगर निर्वाचन क्षेत्रमा भएको छ । उल्लासनगरमा मतदाताको सहभागीता निराशाजनक देखिएको छ । निर्वाचन आयोगका अधिकारीहरुका अनुसार उल्लासनगरमा बेलुका ५ बजेसम्ममा २६.२७ प्रतिशत मतदाता मात्रै मतदानमा सहभागी भएका छन् ।

महाराष्ट्रका २८८ र हरियाणाका ९० निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि बेलुका छ बजेसम्म मतदानको समय तोकिएको थियो ।

सबै निर्वाचन क्षेत्रगरी कुल ४४ सय भन्दा बढी उम्मेदवार रहेका थिए । ती मध्ये हरियाणामा ११ सय ६९ जना र महाराष्ट्रमा ३२ सय ३७ जना रहेका थिए ।
महाराष्ट्रका मतदातालाई मतदानका लागि राज्यभरी ९६ हजार ६६१ ओटा मतदान केन्द्रहरु तय गरिएको निर्वाचन आयोगले जनाएको छ ।

महाराष्ट्रमा भारतीय जनता पार्टी (भाजपा)ले १५० निर्वाचन क्षेत्रमा आफ्नो पार्टीको उम्मेदवार उठाएको छ भने अरु १२४ निर्वाचन क्षेत्रमा शिवसेनाका उम्मेदवारलाई समर्थन गरेको छ ।

भाजपाले बाँकी निर्वाचन क्षेत्रमा भने अन्य साना पार्टीहरूलाई समर्थन गर्नेगरी उम्मेदवारी नउठाएको नेताहरुले बताएका छन् ।

अर्कोतर्फ भारतीय राष्ट्रिय काँग्रेसले पनि राष्ट्रवादी काँग्रेस पार्टीसँग गठबन्धन गरेर उम्मेदवारहरू चुनावी मैदानमा खडा गरेको छ ।

यसैगरी हरियाणामा स्थानीय समय अनुसार बेलुका ६ बजेसम्ममा ६५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अधिकारीहरुले मतदान गर्नेहरुको संख्या अझ बढ्न सक्ने अनुमान गरेका छन् ।

यस राज्यमा सन् २०१४ मा भएको निर्वाचनमा भने ७६.५४ प्रतिशत मतदाताले मतदान गरेका थिए । हरियाणाकै चित्रकोट निर्वाचन क्षेत्रमा यस पटक पनि बेलुका ५ बजेसम्ममा ७४.३९ प्रतिशतले मतदान गरेको अधिकारीहरुले जनाएका छन् ।

माओवादीबाट प्रभावित यस राज्य माओवादीको प्रभाव क्षेत्र हो । आक्रमणमा पर्नसक्ने त्रासले मतदाताहरू मतदानकेन्द्रमा कम गएको हुनसक्ने अनुमान गरिएको विभिन्न भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यस निर्वाचनलाई जम्मु काश्मिरलाई केन्द्रीय सरकारले आफ्नो मातहतमा ल्याएको, भारतीय अर्थतन्त्रमा पछिल्लो समय देखिएको मन्दी र बेरोजगारी वृद्धिलगायत प्रति मतदाताको अभिमतका रुपमा पनि हेरिएको छ ।

निर्वाचनमा विपक्षीले किसानहरूको बढ्दो आत्महत्या र बढ्दो बेरोजगारीलाई प्रमुखताका साथ उठाएका थिए भने भाजपा गठबन्धनले धारा ३७० खारेजीको निर्णयलाई मोदी सरकारको सफलताको रूपमा अघि सारेको थियो ।

५ कार्तिक २०७६, मंगलवार ०४:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

रुकम घटनाको बिषयमा मननिय पक्षहरु

निशब्द भएर नबोलेर बसेका मनहरु रुकुम घटनाले आक्रोसित बनाईदिएको छ।उदाउन नपाउदै अस्ताएको त्यो डाँडामाथिको घामलाई हेर्नेहरुको मनमा..

भारतबाट अब यी नाकाबाट मात्रै नेपाल आउन पाईने

काठमाडौँ, १६ जेठ । सरकारले भारतमा रहेका नेपालीलाई स्वदेश फर्काउन निश्चित नाका मात्रै प्रयोग गर्न भनेको छ ।..

कोरोना संक्रमितको संख्या १२ सय नाघ्यो

काठमाडौँ, १६ जेठ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ हजा २१२ पुगेको छ । आज थप १७० जनामा संक्रमण पुष्टि..

‘यातयात क्षेत्रलाई बजेटले वेवास्ता गर्नु दुःखद’

काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको बजेटमा यातयात क्षेत्रलाई वेवास्ता गरिएको..

प्रदेशमा ९९ अर्ब ८७ करोड बजेट, कुन प्रदेशमा कति ?

काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ मा ७ वटा प्रदेशलाई समानीकरण, सशर्त, विशेष र समपुर अनुदान..