प्रधानमन्त्रीलाई जीवन शर्माको उत्तर,‘मलाई अहिले सहयोग चाहिँदैन’

काठमाडौँ, ४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले जनवादी गायक जीवन शर्मालाई निवासमै बोलाएर भेट गरेका छन् । शर्मालाई आफ्ना छोराको उपचार गर्न आर्थिक अभाव भएको भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि प्रधानमन्त्रीले बालुवाटारमै बोलाएर उनीसँग भेट गरेका हुन् । आइतबार दिउँसो प्रधानमन्त्रीलाई भेट्न शर्मा बालुवाटार पुगेका थिए ।

उनका माइला छोरा निर्मल अन्न नलीमा हाडले प्वाल पारेपछि उपचाररत छन् । स्वास्थ्य अवस्था बुझेपछि प्रधानमन्त्रीले सरकारको तर्फबाट आवश्यक सहयोग हुने बचन दिएका छन् । ‘छोरालाई जसरी हुन्छ, बचाउनु पर्‍यो । सहयोग चाहिन्छ भने भन्नुहोला’ प्रधानमन्त्रीले भने । तर गायक शर्माले तत्काल सहयोग आवश्यक नरहेको प्रतिक्रिया दिए ।

४ कार्तिक २०७६, सोमबार १७:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

उपसभामुखको दौडमा काँग्रेस र राजपा, कसको सम्भावना बलियो ?

निरोज कुमार थापा, काठमाडौँ, ८ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अग्नि सापकोटा सभामुखका एक्ला उम्मेद्वार बनेसँगै..

फेरि ढाँटिए उखु किसान, सय करोड बक्यौतामा ८ करोड दिईयो

काठमाडौँ, ७ माघ । उखु किसानको बाँकी पैसा दिलाइदिन्छु भनेर सरकारले लिएको समय आज सकिएको छ । माघ ७ गतेसम्म सबै पौसा..

पर्यटन क्षेत्रमा वैदेशीक लगानी बढ्यो

निरोज कुमार थापा, काठमाडौँ, ७ माघ । चालु आर्थिक वर्ष २०७६÷०७७ मा पर्यटन क्षेत्रमा विदेशी ह्वात्तै लगानी बढेको छ ।..

दामनमा ८ जना भारतीय पर्यटकको मृत्यु

काठमाडौँ, ७ माघ । मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस भेटिएका ८ भारतीय पर्यटकको मृत्यु भएको छ । मृत्यु..

मूल्य वृद्धि रोक्ने राष्ट्र बैंकको लक्ष्य ‘फेल’

निरोज कुमार थापा, काठमाडौँ, ६ माघ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक..