सन्दीप लामिछाने हालसम्मकै उच्च मूल्यमा अनुबन्ध

काठमाडौँ, ४ कार्तिक । नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने अर्को अन्तर्राष्ट्रिय लिगमा अनुबन्धन भएका छन् । सन्दिप इंग्ल्यान्ड तथा वेल्स क्रिकेट संघले पहिलो पटक आयोजना गर्न लागेको ‘द हन्ड्रेड’ नामक लिगमा अनुबन्धन भएका हुन् । आइतबार भएको ड्राफ्टमा सन्दिपलाई ओभल इन्भेन्सीबल्सले १ लाख पाउण्डमा खरिद गरेको छ । यो नेपाली रुपैयाँ १ करोड ४६ लाख बराबरको हो । सन्दिप विदेशी फ्रेन्चाइजी लिगमा अनुबन्ध हुन थालेदेखी पाएको यो नै अहिलेसम्मकै ठुलो रकम हो ।

यो टिमका प्रशिक्षक टम मुडी रहेका छन भने घरेलु मैदान ओभल हो । प्रतियोगितामा ८ टोली रहने छन् । प्रत्येक टोलीमा ३ जना मात्र विदेशी खेलाडी रहन पाउने प्रावधान छ ।

प्रतियोगिताको एक इनिंङमा एक सय बल हुने छ । १० बल बलिंङ गरेपछि बलिंङ गर्ने साइड परिवर्तन हुन्छ । एक बलरले लगातार ५ वा १० बल गर्न सक्छ । तर उसले इनिंङमा २० बल मात्र गर्न पाउछ । पावर प्ले २५ बलको हुन्छ ।

४ कार्तिक २०७६, सोमबार १२:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बुधबार ११४ जना कोरोना संक्रमित थपिए

काठमाडौँ, १४ जेठ । बुधबार एकैदिन थप ११४ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६..

जातीय विभेदको पराकाष्ठ रुकुम घटना

कालीकोट घटना:२०६८ सालमा चुलो छोएको निहुँमा कालीकोटमा मन बहादुर सुनारको हत्या भएको थियो । त्यसैगरि नरहरिनाथ..

संविधान संशोधन विधेयक बुधबार पेश हुने

काठमाडौँ, १३ जेठ । संविधान संशोधन विधेयक बुधबार प्रतिनिधिसभामा पेश हुने भएको छ । सरकार र संसद सचिवालय यो विधेयक..

कोरोना संक्रमित भेटिएपछि काठमाडौँको टोखा क्षेत्र सिल

काठमाडौँ, १३ जेठ । काठमाडौँको टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा..

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै के भने ? (पूर्णपाठ)

काठमाडौँ, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । कोरोना भाइरसको संक्रमणको..